Roofing को परिचय आवश्यकता र प्रकार
  • 266

रुफिङको परिचय आवश्यकता र प्रकार

रुफिङ भनेको के हो

कुनै पनि संरचनालाई घाम पानी असिना हिउँ तथा तापक्रम बृद्धिबाट र मौसमी जोखिमबाट समेत जोगाउने निर्माणको प्रविधिलाई रुफिङ भनिन्छ । आकारका आधारमा रुफिङ विभिन्न प्रकारका हुन्छन् । उदाहरणको लागि फ्ल्याट रुफिङ पिच्ड रुफिङ भल्टेड रुफिङ र डोम्ड रुफिङ । कुन प्रकारको रुफिङ प्रयोग गर्ने भन्ने कुरा तपाईँको सांस्कृतिक मान्यता र आर्थिक हैसियतसमेतमा भर पर्छ । उदाहरणको लागि  फ्याट रुफिङ बनाउन भन्दा डोम्ड रुफिङ बनाउनु धेरै महङ्गो पर्न जान्छ । त्यसैगरी डोम्ड रुफिङ पश्चिमी र मुस्लिम समाजमा परिचित डिजाइन पनि भएकाले पूर्वीय देशहरूमा डोम्ड रुफिङ सबैलाई मन नपर्न पनि सक्छ ।

रुफिङको आवश्यकता

विभिन्न कारणहरूले गर्दा रुफिङ आवश्यक छ । रुफिङ आवश्यक हुने केही कारणहरू तल दिइएको छ ।

सुरक्षा

रुफिङ आवश्यकता हुने सबैभन्दा मुख्य कारण सुरक्षा नै हो । रुफिङले बाहिरी वातावरण र घर भित्रको वातावरणमा ब्यारियरको रुपमा कार्य गर्छ । ब्यारियर भएकाले नै रुफिङले घाम पानी असिना हिउँ हावा हुरी मौसमको खराबी आदि सम्पूर्ण कुराहरूबाट रक्षा गर्छ । यदि घरको छाना चुहिने भएमा छानालाई खराब भएको मानिन्छ र तुरुन्तै त्यसको मर्मत गरिन्छ । मर्मत गर्ने कुरामा छानाको मर्मतलाई सबैभन्दा पहिला गर्नुपर्छ किनभने अन्य समस्याको तुलनामा छाना चुहिएर आउने समस्या घरभरि फैलिन्छ र धेरै पानी चुहिने हुँदा सबैभन्दा धेरै समस्या रुफिङको चुहावटले ल्याउँछ ।

घरको भ्यालू

रुफिङबाट प्राप्त हुने घरको भ्यालु बृद्धिलाई दुई किसिमबाट अर्थ्याउन सकिन्छ ।

पहिलो तरिका भनेको घरको लुक्सबाट सिर्जना हुने भ्यालु हो । उदाहरणका लागि फ्ल्याट रुफ र प्लेन ढलान दुवै मिसाएर गरिएको डिजाइनले घरको लुक्सलाई धेरै नै आकर्षक देखाउँछ । त्यस्तै डोम लुक्सको रुफ र प्लेन ढलानलाई सङ्गै डिजाइन गर्दा पनि राम्रो लुक्स ल्याउन सकिन्छ ।

रुफिङले घरको भ्यालु बढाउने दोस्रो स्थिति भनेको चाहिँ घरको सरसफाइ सम्बन्धि कुराले हो । यदि कुनै पनि रुफिङ भएको घर छ र त्यो घरको रुफिङ एकदमै सफा छ भने त्यस घरलाई राम्ररी मेन्टेन गरेर राखेको भनेरै बुझिन्छ किनभने रुफिङलाई सफा गर्नु भनेको एकदमै चुनौतीपूर्ण र मुश्किल कार्य हो । यदि कसैले आफ्नो घरको छानालाई सफा गरेको छ भने त्यसले अरू कुरामा सरसफाई मेन्टेन गर्ने सम्भावना अलि बढी नै हुन्छ । घर बेच्नु परेमा ग्राहकले यस्ता कुरालाई राम्ररी ख्याल गरेको हुन्छ र घर बेच्दा यस्ता घरहरूलाई राम्रो मूल्य तिरिएको हुन्छ ।

रुफिङ का प्रकार

 

टफन्ड ग्लास

टफन्ड ग्लास भनेको एक प्रकारको सिसा हो जुन साधारण सिसाको तुलनामा धेरै नै मजबुत हुन्छ । यसको मजबुतीको राज के हो भने यसको निर्माण विशेष किसिमले गरिन्छ । साधारण प्रकारको सिसालाई तरल पदार्थ हुँदा सम्म तताइन्छ र अचानक त्यसलाई चिसो पानीमा डुबाइन्छ । यस प्रकृयालाई टेम्परिङ भनिन्छ र यसै प्रकृयाबाट बनेको कारणले टफन्ड ग्लासलाई टेम्पर्ड ग्लास पनि भनिन्छ ।

टफन्ड ग्लासबाट रुफिङ पनि निर्माण गर्न सकिन्छ । टफन्ड ग्लास रुफिङको मुख्य फाइदा भनेको चाहिँ कुनै मेजर इम्प्याक्ट विना यो हतपत फुट्दैन र फुटिहाले पनि अरू काँच जस्तो ठूला र धारिला टुक्रा भएर फुट्दैन । यसबाट अरू काँच फुट्दा भन्दा चोट लाग्ने सम्भावना कम नै हुन्छ ।

फाइबर सीट


फाइबर सीट पनि एक प्रकारको रुफिङ मटेरियल हो । यो सिसाबाट नै बन्छ । यसमा सिसा र प्लाष्टिकलाई तताएपछि एउटा मसिनो पातामा कन्भर्ट गरिन्छ । यसको तन्किने क्षमता अति नै धेरै हुन्छ । यसमा वेट चाहिँ ग्लास फाइबरले लिन्छ भने प्लाष्टिकको काम चाहिँ ग्लास फाइबरलाई बाँध्ने रहेको हुन्छ ।

सिसालाई प्लाष्टिकसङ्ग मिलाउने कारणले गर्दा फाइबर सीट लाइट वेट हुन्छ । यो साधारण इम्प्याक्टबाट फुट्दैन र यसलाई आगोले सजिलै गलाउन सक्दैन । यसको टेन्साइल स्ट्रेन्थ धेरै हुने हुँदा यो सजिलै तन्किँदैन र तन्किएमा पनि आफ्नो आकार प्रकारमा तुरून्तै नै आइहाल्छ ।सक्दैन ।  साधारण इम्प्याक्टबाट फुट्दैन रले लिन्छ भने प्ला्टिकलाई ा भएर फुट्दैन । यसबाट अरू काँच फुट्दा

यू पी भि सी रुफिङ


यू पी भि सी रुफिङ यू पी भि सी नामक एक प्लाष्टिकबाट बनेको हुन्छ । यो प्लाष्टिक केमिकली एकदमै रियाक्ट नगर्ने प्रकारको हुन्छ । यू पी भी सीको यही उत्तम गुणले गर्दा यसलाई एउटा रुफिङ मटेरियलको रुपमा प्रयोग गरिन्छ ।  

यू पी भी सी प्लाष्टिकको थप विशेषता भनेको यसलाई २ ३ लेयर्समा उत्पादन गरिन्छ । यसबाट यू पी भी सी एउटा ताप प्रतिरोधक रुफिङको रुपमा विकास हुन्छ । यू पी भि सी रुफिङको अर्को विशेषता भनेको यो आगो प्रतिरोधक हुन्छ जसका कारण आगलागी भएको बखतमा आगोले सजिलै प्लाष्टिकलाई छेडेर अगाडी जान पाउँदैन । यू पी भि सी मटेरियलमा फलामको प्रयोग नहुने भएकाले यसलाई समुद्री क्षेत्रमा र हिमाली चिसो क्षेत्रमा पनि दीर्घकालसम्म प्रयोगमा ल्याउन सकिन्छ ।

पोलिकार्बोनेट रुफिङ


पोलिकार्बोनेट रुफिङ पनि नेपालमा चर्चित र धेरै प्रचलित एक प्रकारको रुफिङ हो । पोलिकार्बोनेट पनि एक प्रकारको थर्मोप्लाष्टिक हो । पोलिकार्बोनेटको मुख्य विशेषता भनेको यसले हाइ रेन्ज र लो रेन्ज दुवैमा धेरै तापक्रमसम्म सहन सक्छ र यसको तौल धेरै नै कम हुन्छ ।

पोलिकार्बोनेटले यू भी लाइटलाई पनि ब्लक गर्ने भएकाले टेरेसको रुफिङमा यसको प्रयोग धेरै नै हुने गर्छ । यसको अर्को विशेषता भनेको यसले वर्षौँसम्म पनि आफ्नो रङ गुमाउँदैन ।

पोलिकार्बोनेटको एउटै मात्र खराब पक्ष भनेको यो स्क्रयाच प्रतिरोधी हुँदैन वा सजिलै कोतरिन्छ । साइटमा सेट गर्ने बेलामा स्क्रयाचबाट जोगाउन सके पोलिकार्बोनेट रुफिङमा अरू कुनै समस्या आउँदैन ।

स्टोन कोटेड डेक्रा


स्टोन कोटेड डेक्रा भनेको एउटा अमेरिकी प्रविधिको रुफिङ टेक्नोलोजी हो । यो बेसिकली एउटा स्टील रुफिङको प्रकार हो । यो प्रविधि अन्तर्गत ढुङ्गालाई क्वारी मेसिनमा मसिनो मसिनो टुक्रामा काटिन्छ र त्यसलाई एउटा पेन्टिङ मटेरियल प्रयोग गरी स्टील टायलमा टाँसिन्छ । यो सबै काम एउटा उच्च स्तरीय अटोमेटिक प्रविधिबाट गरिन्छ ।

स्टोने कोटेड डेक्रा नेपालमा भरखरै भित्रिएको एउटा प्रविधि हो । यो प्रविधि अन्तर्गत राखिएकी रुफिङ ४० देखि ७० वर्ष टिक्ने दाबी गरिन्छ । यसलाई मर्मतको कुनै पनि आवश्यकता पर्दैन । विभिन्न रङ्गीचङ्गी ढुङ्गाहरू राखिने भएकाले यो हेर्दा पनि निकै आकर्षक देखिन्छ ।

 

 

 

clock-icon 6 months ago
Contact Us