तला थप्नको लागि छाडिएको आशाका छडको फाइदा र बेफाइदा
  • 1048

घरमा तला थप्नका लागि छोडिएका छडहरूको फाइदा र बेफाइदा


तला थप्नका लागि छडलाई छाड्ने चलन नेपालमा अत्यधिक छ । तला थप्नु नेपाली समाजमा प्रतिष्ठाको विषय मानिन्छ । नेपालमा सस्तो ब्याजदरमा ऋण नपाउनु र महङ्गो ब्याजदरमा ऋण लिएर कसैले पनि एकैचोटि धेरै तल्लाको घर थप्न सक्दैनन् । अर्को कुरा चाहिँ कसैले ऋण लिएर तला थपेपनि थपेको तलाबाट आउने भाडाले ब्याजको किस्ता समेत तिर्न नपुग्ने अवस्था छ किनभने नेपालीहरुको क्रयशक्ति बढेको छैन र साना सहरहरूमा अत्यधिक रुपमा व्यापार विस्तार भएको पनि छैन । त्यसैले धेरै नेपालीहरुले १ तल्ले पक्की घर बनाउने र पैसा हुँदाखेरि त्यसलाई थपेर २ तल्ला, ३ तल्ला बनाउने चलन छ ।

तला थप्नका लागि छोडिएका छडहरूलाई प्राविधिक रुपमा र व्यावहारिक रुपमा गरी दुई रुपमा हेर्न सकिन्छ । 

तला थप्नका लागि छोडिएका छडहरूको प्राविधिक पाटो

तला थप्नका लागि छड अनिवार्य रुपमा छाडिन्छ किनभने छड काटियो र पछि जोड्छु भनियो भने त्यो ज्वाइन्ट पिलरका लागि सबैभन्दा कमजोर ज्वाइन्ट हुन जान्छ । यस्तोमा उक्त पिलर भूकम्पका बेला त्यही ज्वाइन्टबाट भाँचिने वा चर्किने सम्भावना ज्यादा हुन्छ ।

प्राविधिक रुपमा भन्नुपर्दा एउटा सबैभन्दा साधारण घरमा पनि एउटा पिलरमा ८ वटा छडको प्रयोग हुन्छ । ८ वटा छडहरूमध्ये एउटा विन्दुमा जम्मा ४ वटा छडहरू जोड्न पाउने नियम छ । ४ वटा छडहरू अर्कै लेभलमा थप्नुपर्छ र त्यो लेभल चाहिँ तल्ला नजिकैको लेभल हुनुहुँदैन र स्ल्याबको लेभलबाट कम्तीमा २ फिट माथि वा तल हुनुपर्छ । यसरी हेर्दा छडलाई २ फिट सम्म माथी उठाएर पनि पुग्दैन किनभने यसरी उठाउँदा सबै ८ वटै रडहरू एकै लेभलमा बाँध्नुपर्ने हुन्छ र यसो गर्नु पनि गलत हुन्छ । त्यसैले छडहरूलाई कम्तीमा ५ फिट छोड्नु नै राम्रो मानिन्छ र पाँच फिट छड छोड्दा त्यहाँ सानो पिलर पनि बन्छ र उक्त पिलर प्यारापेट वाल बनाउनको लागि पनि काम लाग्छ ।

तला थप्नका लागि छोडिएका छडहरूको व्यावहारिक पाटो

तला थप्नका लागि छडलाई यत्तिकै छोडियो भने त्यसले मानिसको मस्तिष्कमा मैले तल्ला थप्नु नै पर्ने छ भने एउटा मानसिक सचेतता प्रदान गर्छ । तर त्यही छड प्यारापेट वालको रुपमा राखियो भने त्यो छड देखिँदैन । छड नदेखिएको स्थितिमा घर एउटा पूरै फिनिसिङ भइसकेको जस्तो देखिन्छ ।

तला थप्नका लागि छोडिएका छडहरूको फाइदा

  • तला थप्नका लागि छोडिएका छडहरूका फाइदाहरू निम्नानुसार रहेका छन् ।
  • तला थप्नका लागि मानसिक रुपमा सचेतता भइरहने र पैसा कमाउनलाई प्रेरित गरिरहने ।
  • पछि तला थप्ने बेलामा डण्डी बाँध्ने स्थान एकुरेट रहने र भूकम्पका बेलामा भवन सुरक्षित रहने ।

तला थप्नका लागि छोडिएका छडहरूका बेफाइदा

तला थप्नका लागि छोडिएका छडहरूका बेफाइदाहरु निम्नानुसार छन् ।

  • छडहरूलाई खुला आकाशमा छोड्दा खिया लाग्ने र त्यो खिया भवन भरिका सम्पूर्ण डण्डीमा ट्रान्सफर भएर पछि पूरै आर सी सी स्ट्रक्चर कमजोर हुने ।
  • खुला छडहरूले घरको फिनिसिङ र लुक्सलाई कमजोर बनाइदिने ।
  • खुला छडको हाइट कम भएमा त्यसले छतमा हुने मोबिलिटी र सर्भिसेबिलिटीलाई कमजोर बनाइदिने ।

 

 

clock-icon 8 months ago
Contact Us