रुफिङ गर्दा ध्यान दिनुपर्ने कुराहरू
  • 269

रुफिङ गर्दा ध्यान दिनुपर्ने कुराहरू

रुफिङ गर्नु भनेको घर पुनर्निमाणको एउटा महत्वपूर्ण अङ्ग हो । स्थायी स्ट्रक्चरको रुपमा घर पुनर्निर्माण गर्नुभन्दा अस्थायी रुपमा पुनर्निमाण गर्दा रुफिङको धेरै ठूलो महत्व हुन्छ । तपाईँ आफ्नो घरमा रुफिङ गर्दै हुनुहुन्छ भने तपाईँले तल चर्चा गरिएका विषयहरूमा ख्याल गरेर अगाडी बढ्नुपर्छ ।

रुफिङ गर्ने निर्माण सामग्री

रुफिङका लागि विभिन्न निर्माण सामग्रीको प्रयोग गरिन्छ । उदाहरणको लागि टफन्ड ग्लासऽ फाइबर यू पी भि सी पोलिकार्बोनेट स्टोन कोटेड डेक्रा र टेनसाइल । सबै निर्माण सामग्रीका आफ्नै प्रयोग र विशेषता हुन्छन् ।

तपाईँले निर्माण सामग्रीको छनौट गर्ने आफ्नो बजेट लुक्स र पर्पोजको अधिनमा रहेर हो । लुक्सको कुरा गर्दा खेरि तपाईँले रुफिङको निर्माण सामग्री २ प्रकारमा पाउनुहुन्छ । एउटा कलरफूल र अर्को कलर विनाको सादा । तपाईँले यदि पूरै पारदर्शी रुफिङ चाहनुहुन्छ भने तपाईँको लागि अत्यधिक रुचाइएका विकल्प मध्ये पोलिकार्बोनेट र टफन्ड ग्लास प्रयोग गर्न सक्नुहुन्छ । पोलिकार्बोनेट रुफिङ प्रयोग गर्दा कम्तीमा २ मी मी मोटाइको प्रयोग गर्नुहुन्छ ।

कलरफूल विकल्पमा जान चाहनुहुन्छ भने तपाईँले टेन्साइलऽ फाइबर र स्टोन कोटेड डेक्रामा जान सक्नुहुन्छ । कलरफूल विकल्पमा गएमा तपाईँले घामको किरणबाट राहत प्राप्त गर्नुहुन्छ । तपाईँले कार पार्किङ बनाउन चाहनुभयो भने कलरफूल विकल्पमा जान सक्नुहुन्छ र कलरफूल विकल्प मध्ये टेन्साइल फाइबर स्टोन कोटेड डेक्रा र यू पी भी सी सबैभन्दा उत्तम विकल्प हो ।

तपाईँको यू पी भी सी प्रयोग गर्नुभयो भने सबैभन्दा उत्तम विकल्प भनेको डबल मेस यू पी भि सी हो । यसले ध्वनि प्रतिरोधकको पनि काम गर्ने भएकाले यदि छतमा कोठा राख्ने हो भने डबल यू पी भि सी प्रयोग गर्नु साह्रै नै उत्तम हुन्छ ।

बजेट

तपाईँले रुफिङ्मा ध्यान दिनुपर्ने अर्को कुरा भनेको बजेट नै हो । बजेटको कुरा गर्दा सबैभन्दा महङ्गो चाहिँ टफन्ड ग्लास नै हुन्छ । तपाईँको सिसा फुट्ने सम्भावना कम छ तर तपाईँलाई सबैभन्दा आकर्षक देखिन्छ प्रोडक्ट चाहिन्छ भने टफन्ड ग्लास नै सर्वोत्तम हुन्छ । तपाईँले यदि सस्तो र टिकाउ अप्सन सेलेक्ट गर्नुभयो भने तपाईँलाई यू पी भि सी वा पोलिकार्बोनेटको अप्सन बेटर लाग्न सक्छ ।

बजेटको हिसाबले पनि महङ्गो र आकर्षक पनि हुने टफन्डलाई सिसाले बनेको कारणले अलि कम व्यक्तिहरूले विश्वास गर्नुहुन्छ । तर तपाईँले टफन्ड ग्लास सरह नै आकर्षक रुफिङ राख्न चाहनुहुन्छ तर सिसा जस्तो फुट्ने चीज राख्न चाहनुहुन्न भने तपाईँले स्टोन कोटेड डेक्रा नै प्रयोग गर्न सक्नुहुन्छ । हाइ रेन्ज बजेटमा पाउने उच्च क्वालिटीको फिनिसिङ पाउनको लागि उच्च बजेटको टेन्साइल पनि प्रयोग गर्न सकिन्छ ।

स्ट्रक्चर

तपाईँले रुफिङ गर्दा स्ट्रक्चरमा ध्यान दिनु नै पर्छ । स्ट्रक्चर दिँदा खेरि पिलरमा सबैभन्दा साधारण रुपमा प्रयोग हुने भनेको स्क्वायर स्टील पाइप हो । यसमा एक भन्दा धेरै तला जानुपरेमा चाहिँ आई सेक्सन र डबल च्यानल प्रयोग गर्न सकिन्छ ।

तपाईँले सबैभन्दा बलियो बीम र पिलर राख्नुपर्ने भनेको टफन्ड ग्लासको रुफिङमा नै हो । तपाईँले स्टोन कोटेड डेक्रामा पनि उत्तिकै हेभी बीम र पिलर राख्नुपर्ने हुन्छ । तपाईँले पोलिकार्बोनेट र फाइबरमा चाहिँ कम हेबी पाइप प्रयोग गर्दा पनि हुन्छ । स्टीलको पाइप प्रयोग गर्दाखेरि कम्तीमा ३ इन्चको स्वाएर एम एस पाइप प्रयोग गर्नु नै राम्रो हुन्छ किनभने यो भन्दा कमजोर पाइपले रुफिङमा आउने लोडलाई धान्न सक्दैन ।

पर्लिन छानाको एउटा स्ट्रक्चरल मेम्बर पनि हो । स्टोन कोटेड डेक्रा राख्दा पर्लिन अलिकति धेरै ठाउँमा राख्नुपर्ने हुन्छ । तर पोलिकार्बोनेट सीट राख्दा चाहिँ पर्लिन अलिकति कम चाहिन्छ । स्ट्रक्चरल कम्पोनेन्ट राख्दा त्यसले सम्पूर्ण भार थाम्ने गरी सकेसम्म स्ट्रक्चरल एनालाइसिस गरेर मात्र रुफिङ डिजाइन गर्नुपर्छ ।

टिकाउ गुण

तपाईँले टिकाउ गुण हेरेर रुफिङ मटेरियल छनौट गर्नुहुन्छ भने तपाईँले स्टोन कोटेड डेक्राको प्रयोग गर्न सक्नुहुन्छ । डेक्रा कम्पनी विदेशी कम्पनी हो तर यसको रुफिङ मटेरियलमा प्रयोग भएको स्टोन र स्टीलको प्रकृति हेर्दा स्टोन कोटेड डेक्रा कम्तीमा ४० वर्ष टिकाउ हुन्छ भन्ने दाबीलाई बल पुग्छ ।

स्पान

स्पान भनेको दुई पिलर बीचको दुरी हो । कुनै पनि रुफिङमा यो दुरी बढीमा १५ फिट भएको राम्रो मानिन्छ । तपाईँको आवश्यकता अनुसार कम पिलरले धेरै एरिया कभर गर्नुपर्ने भयो भने त्यसमा आर्क डिजाइनमा जान पनि सकिन्छ ।

 

clock-icon 1 month ago
Contact Us