• 37

Sill and Lintel Band

  1. Lintel Band :- यो एउटा Band हो जुन ढोका अथवा झ्यालको माथि राखिन्छ जसको मोटाइ ३’’ अर्थात् ७५mm को हुने गर्दछ जस ले झ्याल र ढोका भन्दा माथिको Unsupported wall लाई समर्थन दिने काम गर्दछ जुन चारै तिर wall मा फैलिएको हुन्छ । यस Band ले wall को unsupported उचाई लाई पनि कम गर्दछ र wall को stability improve गर्दछ । यो Band plinth  सतह देखि ७ फीट को उचाई मा हुने गर्दछ ।
  2. Sill Band :-   यो एउटा Band हो जुन झ्यालको तल राखिन्छ जसको मोटाइ ३’’ अर्थात् ७५mm को हुने गर्दछ जस ले झ्यालको frame र lintel band भन्दा तलको wall लाई support दिने काम गर्दछ जुन ढोका भएको ठाउँ मा हुदैन । यो Band प्लिन्थ सतह देखि २’-६’’ अथवा ३ फीट को उचाई मा हुने गर्दछ ।

अब यसलाई किन नयाँ घर बनाउदा Compulsory गरियो भन्ने कुरा गरौ । २०७२ साल भन्दा अगाडी बनेका घरहरु मा यस्ता band हरु हुदैन थिए जसले गर्दा २०७२ साल को महाभूकम्पमा धेरै घरहरु क्षति भए यदि घर हरु मा band हुन्थ्यो भने घरहरु त्यती मात्रामा क्षति हुदैन थिए र क्षति भै हाले पनि ठुलो मात्रामा हुदैन थिए । lintel band र sill band भएका घरहरु मा भूकम्प ले धक्का दिदा क्षति भै हाले पनि २ ओटा band बीचको केहि मात्रामा brick wall मात्रै भत्किन जान्छ जस बाट जनधनको क्षतिमा कमि आउछ र घर को wall ढल्न गए पनि झ्याल ढोका band को कारण ले केहि नहुने हुनाले क्षति पश्चात पुननिर्माण गर्न पनि सजिलो र कम खर्चिलो हुने गर्दछ ।यहि कुरा हरु लाई मध्यनजर गर्दै नेपाल सरकार भवन बिभागले सम्पूर्ण नयाँ बन्ने घरहरुमा Lintel Band र Sill Band लाई अनिवार्य गराएको छ ।

तशर्थ तपाई पनि घर बनाउदै हुनुन्छ भने सचेत रहनु होला यो कुरा मा । सामान्यतया ठेकदार ले सके सम्म नराख्न खोज्छ  Lintel Band र Sill Band हजुर को घर बनाउदा त्यसै ले ठेकदार लाई पनि राख्न भन्नु होला यो हाम्रै लागि हो । । । ।

 

 

clock-icon 2 months ago

leave a comment