नेपालमा घरहरुको लागि सजावट – नेपाली घर सजावट आइडिया
तपाईको घरको डिजाइनले तपाईको आदर्श व्यक्तित्वलाई झल्काउने गर्दछ । जसको प्रभाव तपाईको आफन्तजन र छरछिमेकमा पर्ने गर्दछ । इन्टेरियर डिजाइनले पुराना घरहरुमा नयाँ फ्रेस लुक दिने गर्दछ । नेपालमा घरहरु सजाउनको लागि कपडाको प्रिन्ट, मुर्ति, विभिन्न लोक, देवी, देवताका पोष्टर वा अन्य नामहरु पनि लेख्ने गरिन्छ ।
यसको अलावा घरको रंगरोगन, प्राचीन काठ फर्निचर अन्य विभिन्न प्राचीन भाडाहरु पनि सजावटको लागि प्रयोग गर्ने गरिन्छ । यसमा मानिहरुमा यसको आकर्षण पनि रहेको छ । हामीहरु घरका विभिन्न भागहरुमा परम्परागत वस्तुहरुको नाता वा सम्बन्ध पनि जोडन चाहन्छौ ।
घरको प्रवेशद्धार सजावट
नेपालमा घरको प्रवेशद्धार सजावटलाई बिशेष महत्व दिने गरिन्छ । घरमा सकारात्मक उर्जा आगमनको लागि प्रवेशद्धारको सजावटमा वास्तुशास्त्र अनुसार बिशेष ध्यान दिइने गरिएको हो ।
आकर्षक ढङ्गले गरिएको प्रवेशद्धारको सजावटले घरभित्र प्रवेश गर्दा सकारात्मक उर्जा प्राप्त हुनुको साथै मानसिक शान्ति पनि प्राप्त हुने गर्दछ । हामी प्राय फूल वा बोट बिरुवा लगाउन पनि सक्छौ । तपाई झन आकर्षक बनाउनको लागि बुद्ध वा गणेशको मुर्ति पनि प्रवेशद्धारमा राख्न सक्नुहुनेछ ।
घरको लागि आकर्षक रङ्ग
घरको सजावटमा फरक–फरक रङ्गको मिश्रणले झन आकर्षण थप्ने गर्दछ । जसरी फरक रङ्गका फूलहरुलाई माला उन्दा कति सुन्दर देखिन्छ त्यस्तै घरको सुन्दरताको हकमा पनि लागु हुने गर्दछ ।
घरको रंगसँगै मिल्ने खालका कुशन, सोफा अन्य सामान सही ढङ्गले व्यवस्थित गर्न सकेको घण्डमा कोठाको सुन्दरता झनै बढने गर्दछ ।
भित्तामा लगाइने प्रिन्ट भएको कपडा
घरको भित्री भागहरुको सजावटको लागि प्रिन्टवाला कपडाको प्रयोग गर्ने गरिन्छ । यसले घरको भित्तालाई राजसी लुक दिनुका साथै आकर्षक पनि बनाउने गर्दछ ।
शान्त र सुन्दर पूजाकोठा
भनिन्छ नेपालका ढुङ्गाहरुमा पनि देवताको बास छ । यहाँका हरेक मानिसहरुमा भगवानमा विश्वास गर्दछन । प्राय जसो सबैले आफनो घरमा पूजा गर्नको लागि पूजाकोठाका बनाएका हुन्छन नै ।
यसलाई हाम्रो धर्ममा पवित्र स्थान मानिन्छ । वास्तुशास्त्र अनुसार यसलाई घरको मुल केन्द्रमा हुन शुभ मानिन्छ जसलाई ईशान कोण पनि भन्ने गरिन्छ । आफनो घरको आकार अनुसार पूजाकोठा राख्न सक्छौ । जसमा हामी विभिन्न प्रकारका सजावटका सामग्री प्रयोग गर्न सक्छौ ।
परम्परागत शैलीमा भित्ताको सजावट
पेन्टिङ्ग घरका सुस्त दिवारहरुलाई बदल्न सक्छ । यदि तपाई पनि लिभिङ्ग रुमको लागि उत्तम विकल्प खोज्दै हुनुहुन्छ भने हाम्रो देशमा रहेका विभिन्न धार्मिक एंव पर्यटकीय स्थलहरुको तस्वीरहरु राख्न सक्छौ ।
नेपालको मिथिला क्षेत्रको चित्रकला विभिन्न नमुनाहरु र अन्य स्थान बिशेष पेन्टिङ्गहरु पनि हामी प्रयोग गर्न सक्छौ ।
सकारात्मक उर्जाको लागि हरियाली
घरमा सुखद आनन्दको लागि प्राकृतिक सौन्दर्य अर्थात हरियाली पनि आवश्यक हुने गर्दछ । नेपाली घरहरुमा तुलसी मठ राख्ने र पूजा गर्ने गरिन्छ । घरको निश्चित स्थानमा ठोस संरचना बनाएर पूजा गर्ने गरिन्छ ।
हामी गमलामा फूलहरु राखे पनि इन्टेरियर डिजाइन गर्न सकिन्छ । तपाई भाग्यशाली बाँस अर्थात् मनी प्लान्ट पनि लगाउन सक्नु हुन्छ । नेपाली परिवेश सुहाउदो बाल्कनीमा गार्डनको डिजाइन पनि गर्न सक्नु हुनेछ ।