आफ्नो घर मर्मत/Renovation गर्नु अघि जान्नु पर्ने कुराहरु

घर नवीकरण लाई घर पुनः निर्माण अर्थात् रिमोडलिङ्ग पनि भनिन्छ । भाँचिएको, क्षतिग्रस्त, वा पुरानो संरचनाको आवासीय संरचनालाई अझ सौन्दर्यात्मक रूपमा मनपर्ने वा बढी कार्यात्मक बनाउनको लागि सुधार गर्ने प्रक्रिया हो । चाहे तपाईं भविष्यको लाभको लागि आफ्नो घर नवीकरण गर्ने योजना गर्दै हुनुहुन्छ वा केवल आफ्नो घरलाई तपाईं र तपाईंको परिवारको लागि थप आरामदायी ठाउँमा रूपान्तरण गर्न चाहनुहुन्छ, कुनै पनि ठाउँको नवीकरण गर्दै हुनुहन्छ भने कठिनायी आउन सक्छन । घरको नवीकरण सही तरिकाले गर्दा सुविधामुलक हुन सक्छ । चाहे तपाईं भान्साको मर्मत गर्दै हुनुहुन्छ, बाथरुम पुनःनिर्माण गर्दै हुनुहुन्छ, वा बैठक कोठाको आकारवृद्धि गर्दै हुनुहुन्छ, यो सामान्य कार्य होइन । तपाई सोचेर सम्झेर मात्र घरको पुननिर्माण निर्णय गर्नु हुन्छ । सही निर्णय नलिएमा हामी गलत सामग्रीहरू प्रयोग र निर्माण कार्यमा ढिलाइ , अनावश्यक खर्चको सिकार बन्न पुग्छौ ।
नवीकरण अर्थात रिमोडङ्गि कार्य टिभी कार्यक्रमहरूमा चित्रण गरे जस्तो सरल छैनन । वास्तविकता यो हो कि यसको लागि धेरै ऊर्जा, समय, दक्ष जनशक्ति र पैसा पनि चाहिन्छ । नवीकरण अर्थात रिमोडङ्गि प्रक्रियालाई सजिलो बनाउन निम्न बुदाहरु अवलम्बन गर्नुहाला,
१. योजना अनुरुप घरको नक्सा

कल्पना गर्नुहोस् कि तपाईं आफ्नो बाथरूम अपग्रेड गर्दै हुनुहुन्छ र नयाँ बाथटब थप्दै हुनुहुन्छ । डिजाइन अनुसार बाथरुम लगायत अन्य कोठाहरु निर्माण नगरेको खण्डमा बाथरुम ठुलो हुने अन्य कोठा सानो हुने वा बाथरुम साँघुरो हुने जस्ता समस्या भोग्नु पर्ने हुन्छ यसको लागि घरको उचित नक्सा बनाएर मात्रै निर्माण कार्य गनुपर्ने हुन्छ । त्यसकारण तपाईंले रिमोडलिङ्ग परियोजना सुरु गर्नु अघि सबै कुराको योजना बनाउनु महत्त्वपूर्ण छ । तपाइँ तपाइँको रिमोडलिङ्ग परियोजना मा के चाहानुहुन्छ स्पष्ट गर्नुहोस । के तपाईलाई नयाँ ऐना, काउन्टरटप वा बाथटब मात्र चाहिन्छ ? के यसमा नयाँ कोठा थप्ने वा बाथरुम जस्ता संरचनात्मक परिवर्तनहरू समावेश छन ? तपाईंले पहिले कुन काम गर्न आवश्यक छ ? तपाईंले यस बारेमा निमार्ण पुर्व सजक हुन आवश्यक छ ।
२.बजेट निर्धारण

एकचोटि तपाईले के चाहानुहुन्छ भन्ने बारे स्पष्ट भएपछि, बजेट निर्धारण गर्नुपर्ने हुन्छ । आफ्नो बजेट अनुकुल स्रोत साधनको प्रयोग गर्नुपर्ने हुन्छ । आफनो आवश्यकता अनुसार बजेट छुटयाउने सोही बमोजिम निर्माण कार्य गर्दा आफुले सोचे जस्तो परिणाम समयमै पाउन हुन्छ ।
३.समय सीमा

रिमोडलिङ्ग गर्दा जान्न आवश्यक पर्ने एउटा पक्ष समय पनि हो । प्रतिकूल मौसम र सामाग्री ढिलो ढुवानी र स्वास्थ्यमा खराबी जस्ता अन्य विविध कारणले निर्माण कार्यमा ढिलाइ हुनसक्छ । रिमोडलिङ्गसुरु गर्नु अघि, कुन कार्य र कुन क्रममा गर्न आवश्यक छ भनेर सूचीबद्ध गर्ने तालिका बनाउनुहोस । यसको लागि कामदार पनि वेल स्किलड हुन अत्यावश्यक हुने गर्दछ जस्ले गर्दा हामी आफुले चाहेको समयमा रिमोडलिङ्ग कार्य समापन गर्न सक्छौ ।
४.रिमोडलिङ्ग आफै गर्ने कि दक्ष जनशक्तिबाट गर्ने

रिमोडलिङ्ग गर्दा तपाई आफैले गर्ने कि दक्ष जनशक्तिको प्रयोग गर्ने कि नगर्ने भन्ने कुरामा स्पष्ट हुन अति आवश्यक हुने गर्दछ । मान्छेहरु प्राय पैसा को लोभमा परेर आफै निर्माण गर्न खोज्छन तर कालान्तरमा गएर उनीहरु आफनो कामबाट अपेक्षित मात्रमा लाभ लिन सक्दैनन त्यसैले निर्माण कार्य गर्दाखेरि दक्ष जनशक्तिको प्रयोग गर्न अतिआवश्यक हुने गर्दछ ।
५ सम्झौता पत्र बनाउनुस

रिमोडलिङ्ग कार्य गर्नु पुर्व सम्झौता पत्र बनाउन अति आतिआवश्यक हुने गर्दछ । पेशेवर बिल्डरसँग काम गराउनका सम्झौता पत्रमा हस्ताक्षर गर्न उत्तम हुने गर्दछ । सम्झौता पत्रमा हामीले निम्न कुरामा ध्यान दिनुपर्ने हुन्छ, राम्रोसँग लिखित सम्झौताले तपाईलाई सुरक्षित मात्र गर्दैन, तर यसले तपाईलाई व्यवसाय गर्ने ठेकेदारहरूलाई पनि समयमा काम समापन गर्न दबाब सृजना गर्ने गर्दछ । यसो गर्दा सम्भावित अनियमिता र हुन सक्ने घोटलाबाट हामी सुरक्षित रहन सक्छौ ।
६.आवास र जीवनशैली

धेरै घरधनीहरु रिमोडलिङ्गको बारेमा अनविज्ञ हुने गर्दछन । उनीहरुलाई घरको क्रियाकलापमा बाधा साँघुरो ठाउले कसरी द्दाटा गर्दै छ भन्ने कुुरा त थाहा हुन्छ तर रिमोडलिङ्ग कसरी गर्ने भन्ने कुरामा खासै ज्ञान भएको देखिदैन फलस्वरुप गलत मान्छेलाई घरको रिमोडलिङ्गको जिम्मा सुम्पिने गर्दछन र कालान्तरमा पछुताउने गर्दछन । रिमोडलिङ्ग गर्दा हामीहरुले आावास र आफनो ,जीवनशैली अनुरुप गर्नुपर्ने हुन्छ । यदि जीवनशैली प्रतिकुल रिमोडलिङ्ग गर्दै छौ भने त्यसको प्रतिफल हामीले सोचे जस्तो निस्कन पनि सक्दैन र हामी खुसी र आनन्द महशुुस गर्न सक्दैनौ । रिमोडलिङ्ग गर्दा पर्यापत ठाउ हुने गरी कक्षहरु निर्धारण गर्न पर्ने हुन्छ ।
७.कोठाको आकार बढाउनु

यदि तपाइँ आफ्नो घर बेच्ने योजना गर्दै हुनुहुन्छ भने, यो कुरा मनमा राख्नुहोस् कि ग्राहकहरुले घरको कोठो आकार ठुलो रोज्ने गर्दछन । त्यसैले हामीले कोठाहरु रिमोडलिङ्ग गर्दा बढोत्तरी गर्न सक्छौ । जस्ले गर्दा ग्राहकको रोजाइमा हाम्रो घर पर्न सक्छ ।