भुलेर पनि घरका यी स्थानहरुमा मन्दिर बनाउन हुदैन – नोक्सान हुन सक्छ

घरमा मन्दिर कहाँ हुनु पर्छ भनेर अलमलमा पर्नु भएको छ ? यदि हो भने यो पनि थाहा पाउनुहोस कि घरको मन्दिरको दिशाले तपाईको घरको दशा पनि निर्धारण गर्ने गर्दछ । आउनुहोस थाहा पाउ पूजा घर बनाउने नियम । यदि तपाई यी नियम मान्नु हुदैन भने ठुलो नोक्सानको भागेदार हुनु पर्ला ।
पूजा स्थल दिशा (Pooja Sthal)
वास्तुशास्त्र अनुसार ईशान दिशामा पूजा स्थल, पूर्व दिशामा भान्सा, पश्चिम दिशामा भोजन कक्ष, दक्षिण दिशाको मध्यमा शौचालय र स्नान गृह, पूर्व र ईशान दिशाको मध्यमा स्वागत कक्ष र बैठक कक्ष राख्न सक्छौ । यसको विपरित गरेको खण्डमा नोक्सान हुन सक्छ । वास्तुशास्त्र अनुसार पूजा–भजन–कीर्तन सधै ईशान कोणमा हुनु पर्दछ ।
यी ५ ठाउहरुमा भुलेर पनि पूजा मन्दिर राख्नु हुदैन
क. सिढीको मुनि
सिढीको मुनि राहुको स्थान हुन्छ । त्यसैले सिढीको मुनि मन्दिर राख्नु तपाईको लागि घातक हुन सक्छ । सिढीमुनि मन्दिर बनाउनाले मानसिक तनाव र धन हानी हुन सक्छ ।
ख. शौचालय वा स्नान घर नजिक
शौचालय वा बाथरुम नजिक, वरपर बाथरुम बनाउनु हुदैन । यी स्थानहरुमा राहु र शनि बास हुन्छ । वास्तुशास्त्र अनुसार यस क्षेत्रमा पूजा स्थान बनाउनाले कष्ट झेल्नु पर्ने हुन्छ ।
ग. बेसमेन्टमा
घरको बेसमेन्टमा कहिले पनि पूजाकोठा राख्नु हुदैन । कार वा गाडी पार्किङ्ग स्थानमा शनि र राहुको प्रवाह हुने गर्दछ । त्यसैले यस्तो स्थानमा पूजाकोठा राख्नु अशुभ मान्ने गरिन्छ ।
घ. नुहाउने कोठामा
शयन कक्ष अर्थात् सुत्ने कोठामा मन्दिर बनाउनु हुदैन । किनकी यो सुत्ने स्थान हो । यदि बेडरुममै मन्दिर बनाउन चाहनु हुन्छ भने मन्दिरको चारै तिर पर्दा लगाउन सक्नु हुन्छ ।
ङ. आग्नेय वा दक्षिण दिशामा
दक्षिण र उसको आसपासको दिशामा मन्दिर बनाउनु हुदैन । किन भने यो दिशामा यमको बास हुने गर्दछ । यस्तो ठाउमा मन्दिर बनाउनाले अचानक दुर्घटना हुने सम्भावना हुने गर्दछ ।
नयाँ घर निर्माण वा घर निर्माण सम्बन्धि जुनसुकै कामको लागि हामीलाई सम्झनुहोला ।