Blogs/Current Article

Business Partnership योजना

5 min read
Sewa App

“जे गछौँ, नेपालमै गछौँ” भन्ने मुल नाराका साथ Skill Sewa Pvt. Ltd. ले Local Business Partnership योजना ल्याएको छ । जहाँ युवाहरुले Skill Sewa सँग काम गरेर स्वदेशमा नै मनग्य  आम्दानी गर्न सक्ने छन । Skill Sewa ISO 9001: 2015  गुणस्तर  चिन्ह प्राप्त घर मर्मत,निर्माण, रिमोडङ्गि, रिनेभेसन आदि जस्ता ३० भन्दा  बढी काम गर्ने कम्पनी हो । 


को दुरदृष्टि र गन्तव्य भनेको घरमा देखिने विभिन्न प्रकारका समस्याहरुको  सिघ्र र गुणस्तरीय समाधान गर्नु हो । बजारलाई आवश्यक निमार्ण  व्यवसायसँग सम्बन्धित दक्ष जनशक्ति उत्पादन गरी सेवालाई विकास र  विस्तार गर्ने मुल्य मान्यता Skill Sewa को रहेको छ ।  


मिस्त्री खोज्दै घर घर धाउनु पर्ने समस्याको अन्त्य गर्दै सेवा एप मार्फत  सेवालाई सर्वसुलभ र सेवाग्राहस् मैत्री बनाएको छ । घरको मर्मत सम्भार  गर्दा देखिने समस्याहरुको मुख्य कारण पत्ता लगाउनेमात्र नभई समस्याको  समाधान समेत गर्ने गर्दछ ।  






 Local Business Partnership योजना अन्तर्गत Skill Sewa ले  आवश्यक तालिम, कानुनी सहायता, आर्थिक सहायता, विशेषज्ञ सेवा , प्राविधिक सहयोग ,Financial Risk Coverage, मोबाईल एप तथा  वेभसाइट प्रदान गर्ने छ । 


 


हरेक दिन लाखौ युवाहरु विदेशी भूमिमा आफ्नो पसिना बगाईरहका छन । वैदेशिक रोजगारी कसैलाई रहर छ त कसैलाई बाध्यता । देशमा केही गर्ने  सोच हुदाहुदै पनि अवसरको अभावमा विदेशेनु झन पीडादायक हुने गर्दछ । आफनै बलबुतामा केही गरौ भने पनि आइडिया, कार्यान्यवन र फाइदा  निकाल्नु फलामको चिउरा चपाउन सरी छ ।


कुनै पनि नँया ब्यबसाय सुरु गर्दा त्यो ब्यबसायको प्रकृति ,ग्राहकको सहि  बुझाई, कामको प्रक्रिया बुझ्न एकदम गारो हुन्छ फलस्वरुप व्यवसाय जोखिमपुर्ण हुन सक्दछ । 

अहिलेको समयमा शिक्षा भन्दा महत्वपुर्ण सीपलाई मान्ने गरिन्छ । गुणस्तर  र स्वरोजगारलाई आधार बनाएर सही ज्ञान, सीप र धारणा प्रदान गर्नु  मुख्य लक्ष्य हो । स्किल सेवालेबिगत ४ बर्ष देखि सिकेको ज्ञान, सिप, Business Idea आधारित भएर प्राविधिक सहयोग प्रदान गर्दै तपाईहरु सँगै-सँगै व्यवसाय गर्ने योजना बनाएको छ । यस योजना अन्तर्गत काम गर्नका लागि तपाईहरुले सुरुमा केही लगानी गर्नु पर्ने हुन्छ ।

तपाईले लगानी गरिसकेपछि त्यस क्षेत्रमा सत प्रतिशत स्वामित्व (ownership) तपाइहरुको हुनेछ भने कमाईको हकमा आयकोआधा-आधा बाँडफाँड गरिने  छ ।  

यस व्यवसायमा Local Business Partner हरुले आफनोक्षेत्रमा  हाम्रा सेवा सुविधा विस्तार गर्न सक्नुहुनेछ । Skill Sewa ले प्रधान गर्ने Home inspection, House Remodeling, Hose Painting , Plumbing, Electrician Service  जस्ता अन्य  ३० भन्दा धेरै सेवा प्रदान गरेर मनग्य आम्दानी गर्न सक्ने छन । यस  योजनामा आबद्ध हुन चाहनेले Local Business Partner , Sewa App, Gmail र फोनबाट प्रत्यक्ष सम्पर्क गरी फाराम भर्न सक्नु हुनेछ ।  तपाई योजनामा आबद्ध भई सकेपछि Field Work राम्रो ढङ्गले गराइने छ ।


साथसाथै Skill Development, Business Development, Marketing र  Sale मा समेत विशेष कक्षा ३० देखि ४० दिन निशुल्क रुपमा दिइने छ । नेपाल जस्तो विकासेन्मुख देशमा पर्याप्त अवसर एंव  सम्भावनाहरु रहेका छन । त्यसमा पनि निर्माण व्यवसाय क्षेत्रमा भविष्य  झन उज्जवल देखिन्छ । यो किन पनि भने नेपालमा घरको मर्मत सम्भार  गर्ने क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको अभाव रहेको छ । साथसाथै घर  निर्माण कार्यमा लागेको खर्चको १ प्रतिशत खर्च हरेक बर्ष घरको मर्मत  कार्यमा खर्च हुने गर्दछ । 

सेवा एपका विशेषताहरु  



Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)