House-Construction
  • 1431

काठमाडौंमा साढे २ तला घर बनाउँदा कति खर्च लाग्छ ?

काठमाडौं उपत्यकामा सामान्यतया तीन वा चार आना जग्गामा घर बनाउने धेरै छन्। घर बनाउने प्रक्रिया झन्झटिलो छँदैछ, घर बनाउन कति खर्च लाग्ला भन्ने अनुमान गर्न पनि कठिन हुनसक्छ। काठमाडौंमा साढे २ तला घर निर्माण सक्न कति लागत लाग्छ? 


यहाँ काठमाडौंमा आठ सयदेखि एक हजार वर्गफुटमा बनाउन सकिने साढे २ तले घरको लागत अनुमान विवरण तयार पारिएको छ।


घर निर्माण लागत कति आउँछ भन्ने कुरा बनाउनेको इच्छा र आवश्यकताले तय गर्छ। कोही आफ्नो बजेट र आम्दानीअनुसार केही वर्ष लगाएर बनाइसक्ने हुन्छन्। जस्तैः यो वर्ष, जग राख्ने। अर्को वर्ष ढलान र गाह्रो उठाउने। अर्कोवर्ष रंगरोगन, भान्सा लगायत। वा कसैलाई चार,पाँच महिनामै सक्नेगरी हतारो हुन्छ। 

त्यस्तै, निर्माणमा प्रयोग हुने अत्यावश्यक बाहेकका सामग्री कस्ता राख्ने भन्ने आधारमा लागत घटबढ हुन्छ।


सिमेन्ट, इँटा, गिटी–बालुवा, डन्डी, झ्याल, ढोका, पाइप लाइन, बिजुली आदि अनिवार्य सामग्री हुन्। टायल, मार्वल, रङ, मोडुलर किचन, स्यानिटरी, फल्स सिलिङ, बत्ती, पार्केटिङ अतिरिक्त सामग्री हुन्। यीबाहेक पनि घर बनाउन सकिन्छ।

हामीले यहाँ सानो परिवारलाई उपयुक्त हुने घरको लागत अनुमान तयार पारेका छौं। 



पहिले खर्चलाइ ४ चरणमा छुट्याएर हेर्दा 


जम्मा खर्चमा सामग्रीहरूको खर्च ६५ प्रतिशत लाग्छ भने जम्माको ३५ प्रतिशत खर्च कामदार ज्यालामा जान्छ। 

त्यस्तै निर्माणको ५५ प्रतिशत लागत स्ट्रक्चरमा लाग्छ। बाँकी अर्थात् ४५ प्रतिशत फिनिसिङमा खर्च हुन्छ। 

यो एकमुष्ठ खर्चलाइ फेरी सानो सानो खर्चमा भाग लगाउँदा निम्नानुसार पर्छ। 


सिमेन्टः ८ लाख रुपैयाँ

घर बनाउँदा सबैभन्दा धेरै खर्च सिमेन्टमा लाग्छ। सिमेन्ट दुई प्रकारका हुन्छन्, ओपीसी र पीपीसी । सामान्यतया बिम र ढलानमा ओपीसी सिमेन्ट प्रयोग गरिन्छ। गाह्रो लगाउन र प्लास्टर गर्न पीपीसी सिमेन्ट प्रयोग हुन्छ । ओपीसी सिमेन्टको तुलनामा पीपीसी अलि सस्तो हुन्छ। 


अढाई तलाको घर बनाउँदा १ हजार बोरा सिमेन्ट खपत हुन्छ। जसमध्ये ५ पाँच सय बोरा ओपीसी र ५ पाँच सय बोरा पीपीसी । बजारमा सिमेन्ट पनि विभिन्न ब्रान्ड र मूल्यमा उपलब्ध हुन्छन् । अलि राम्रो ब्राण्डको सिमेन्ट प्रयोग गर्दा ओपीसी सिमेन्ट प्रतिबोरा ८ सय ५० र पीपीसी सिमेन्ट ७ सय ५० रुपैयाँमा पाइन्छ। 


उल्लेखित मूल्यअनुसार ओपीसी सिमेन्टमा ४ लाख २५ हजार र पीपीसी सिमेन्टमा ३ लाख ७५ हजार रुपैयाँ गरी सिमेन्टमा कुल ८ आठ लाख रुपैयाँ खर्च हुन्छ । निर्माणको सिजनअनुसार सिमेन्टको भाउ पनि तल–माथि भइरहन्छ । त्यसैले अनुमानित रकममा पनि भिन्नता आउन सक्छ।


गिटी २ लाख 

घर बनाउन गिट्टी नभईन हुने निर्माण सामग्री हो । जति राम्रो गिट्टी हुन्छ, त्यति नै गिट्टी, बालुवा र सिमेन्टको घोल राम्रो हुन्छ । त्यसैले गिट्टी किन्दा गुणस्तरमा ध्यान दिनैपर्छ ।

साढे २ तलाको घर बनाउँदा करिव ८ टिप्पर गिट्टी खपत हुन्छ । बजारमा राम्रो खालको गिट्टीको मूल्य प्रतिटिपर २६  हजार रुपैयाँ रहेको छ । जसअनुसार आठ टिपर गिट्टी किन्दा २ लाख चानचुन खर्च हुन्छ ।


बालुवा २ लाख ६० हजार 

साढे दुई तलाको घर बनाउन बालुवा लगभग १० टिपर चाहिन्छ । माटो नमिसिएको सफा बालुवाको मूल्य प्रतिटिपर २६ हजार रुपैयाँ पर्छ। यो मूल्यमा बालुवा किन्दा १० टिपरमा २ लाख ६० हजार रुपैयाँ खर्च हुन्छ । माटो मिसिएको बालुवा अलि सस्तो पर्न सक्छ तर निर्माण बलियो हुँदैन ।


इँटा ७ लाख ५० हजार

घर बनाउँदा गुणास्तरीय इँटा पनि चाहियो। अढाई तलाको घरमा ५० हजार पिस पोलेको रातो इँटा चाहिन्छ। अहिले बजारमा ठिक्क गुणस्तरको इँटाको मूल्य प्रतिगोटा १५ रुपैयाँ पर्छ । अढाई तलाको घर बनाउँदा इँटामा मात्रै ७ लाख ५० हजार रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।


पछिल्लो समय पोलेका इँटाको विकल्पमा नयाँ प्रविधिका एएसी ब्लक र इन्टरलक इँटा हुन सक्छन् । जसको मूल्य पनि कम पर्न जान्छ र गुणस्तर पनि राम्रो छ । यदि पोलेको इँटाको सट्टामा एसीसी ब्लक र इन्टरलक इँटा प्रयोग गर्दा २० देखि २५ प्रतिशतसम्म सस्तो पर्न जान्छ । यी इँटाको गाह्रो लगाउँदा र प्लास्टर गर्दा पनि सिमेन्ट र बालुवाको मसला पनि कम खपत हुन्छ । ज्याला पनि कम हुन्छ।


छड र ग्रिलमा १२ लाख 

अढाई तलाको घर बनाउँदा झन्डै १५ हजार डन्डी खपत हुन्छ । अहिले बजारमा विभिन्न ब्रान्ड र गुणस्तरका डन्डी पाइन्छन् । हिमाल र पञ्चकन्याका डन्डी अलि महँगो पर्छन् भने जगदम्बा, लक्ष्मीलगायत ब्रान्ड अलि सस्तो पर्छ । राम्रो खालको डन्डी प्रयोग गर्दा प्रतिकिलो ८० देखि ८५ रुपैयाँ खर्च गर्नुपर्छ । साढे दुई तलाको घर बनाउँदा डन्डीमा मात्र १२ लाख हजार रुपैयाँ खर्च हुन्छ। यसमा ग्रिल डन्डी पनि जोडिएको छ।


यी मुख्य खर्च बाहेक घर निर्माणमा सहायक खर्चहरु पनि आवश्यक पर्छन्। जसको लागत अनुमान यसप्रकार छन्। 


पाइप जडान ३ लाख ५० हजार

काठका झ्याल ढोकाहरू २ लाख पचास हजार

अल्मोनियमका झ्याल ढोकाहरू १ लाख ७५ हजार

विभिन्न धाराहरु र ताला चाबीहरु १लाख ७५ हजार 

रङ २लाख ५० हजार

मार्वल २ लाख 

घर बनाएको ज्याला  १२ लाख 

वद्युतीय सामाग्री १ लाख ५० हजार  

नक्सा डिजाइन ५० हजार 

नगरपालिका खर्च ५० हजार 

इनार ३५ हजार

अन्य छिटपुट खर्च २ लाख

clock-icon 1 month ago
Contact Us