दशैँ अगाडी नै रिनोभेसनको कार्य किन गरिन्छ ?
दशैँ नेपालीको एक महान चाड हो । दशैँमा पारिवारीक जमघटका लागि टाढा टाढाबाट भेला हुने र सुख दुःख साट्ने कार्य हुन्छ । दशैँमा एउटा उमङ्गको माहोल हुन्छ र त्यो माहोल तपाईँको आफन्तबाट बन्ने र बनाउने कुरा हो । रङ्गीन माहोलमा तपाईँको चाडपर्वमा थप रौनकता ल्याउने काम गर्छ । यही माहोलमा तपाईँको घर पनि चिटिक्क र आकर्षक बनाउने काम भयो भने सुनमा सुगन्ध हुन्छ । दशैँको बेला वा दशैँको ठ्याक्क अगाडी रिनोभेसनका कार्यहरु थुप्रै हुने गरेका छन् । दशैँ अगाडी नै रिनोभेसन गर्नुका पछाडी विभिन्न कारणहरु र विभिन्न फाइदाहरु छन् ।
दशैँअघि रिनोभेसन गर्नुका फाइदाहरु :
- तपाईँको पाहुनाहरु तपाईँको घरको नयाँ रिनोभेसन
देखेर दङ्ग पर्नुहुनेछ ।
- दशैँमा वर्षा ऋतु सकिएर शरद ऋतु सुरु हुने हुँदा
धेरै जाडो पनि हुँदैन र धेरै गर्मी पनि हुँदैन । यस्तोमा निर्माण कार्यमा तदारुकता
र निर्माण बलियो हुन जान्छ ।
- दशैँमा कामदारहरुलाई चाँडै काम सकेर दशैँ
मनाउनुपर्ने हुँदा तपाईँको काम राम्रोसङ्ग र लापरवाही नगरीकन गरिदिन्छन् । यसले
गर्दा तपाईँको निर्माण कार्य गुणस्तरीय हुन जान्छ ।
- तपाईँले बनाउने टफन्डग्लाससहितको पार्किङले
तपाईँका आफन्तले ल्याएको वा तपाईँले नै किनेको कार पार्किङ्मा सजिलो बनाउँछ ।
- तपाईँले बनाउने मोडुलर किचनमा स्पेश
म्यानेजमेन्ट राम्रो सङ्ग हुने भएको कारणले तपाईँको पाहुनाले किचन तथा डाइनिङ
रुममा राम्रो एक्सपिरियन्स पाउनुहुनेछ ।
- तपाईँको बाथरुम रिनोभेसन गर्दाखेरि बाथरुममा
भएको सिपेजको समस्या समाधान हुन्छ । बाथरुम गन्धरहित उच्च फिनिसिङ युक्त हुन्छ र
बाथरुम जाम हुने समस्या समाधान हुन्छ । जाम रहित र दुर्गन्ध रहित बाथरुमले तपाईँको
पाहुनाको बसाइ राम्रो र रमाइलो हुन्छ भने तपाईँको इज्जत बढ्न जान्छ ।
- तपाईँको बेडरुम रिनोभेसन अन्तर्गत बेडरुममा नयाँ
मोडुलर फर्निचर बनाउने फल्स सिलिङ राख्ने जस्ता कार्यहरु पर्छ । तपाईँको जोडी नयाँ
छ भने त रिनोभेसनले तपाईँको रोमान्टिक सम्बन्धमा नयाँ उमङ्ग ल्याउँछ । तपाईँको
जोडी पुरानो छ भने तपाईँलाई आफ्नो विवाह काल र सुहागरातको याद धेरै दिनसम्म
दिलाउनेछ ।
- तपाईँको लिभिङ रुममा पनि फल्स सिलिङ टिभि
क्याबिनेट आदि नयाँ जोडिने भएको कारणले तपाईँको पाहुनाहरुले तपाईँको घर र तपाईँको
विशेष प्रशंसा गर्नुहुनेछ ।
- तपाईँको पुरानो घर रेनोभेसन गर्दा तपाईँको घरमा पुरानो
फिचर पनि जोगिन्छ र नयाँपन पनि आउँछ । यसले तपाईँलाई तपाईँको बालपनको यादहरुलाई
ताजा गराउन मद्दत गर्छ भने तपाईँले आफ्नो बाजेले दिएको घरमा नै आफ्नो खानदान
विस्तार भएको अनुभूति गर्नुहुन्छ । यसो गर्दा तपाईँले तपाईँको दिवङ्गत बाजेलाई पनि
उचित श्रद्धाञ्जली दिएको ठहर्छ ।
- तपाईँको छतमा प्रिफ्याब पार्टिशन सहितको नयाँ
कोठा रिनोभेसन प्रोजेक्ट मार्फत निस्कन सक्छ । यसले गर्दा दशैँमा तपाईँकहाँ आउने
पाहुनाको लागि सुत्ने कोठाको अभाव हुने छैन ।
दशैँमा नै रिनोभेसन गर्नुका कारणहरु :
दशैँमा नै रिनोभेसन गर्नुका केही कारणहरु तल
दिइएका छन् ।
- दशैँ नेपालीको महान् चाड भएको हुँदा नै धेरै
कम्पनीहरुले दशैँ अगाडी बोनस बाँड्ने गर्छन् । तपाईँको कम्पनीले तपाईँलाई बोनश र
दशैँ खर्च पनि दिन्छ भने तपाईँसङ्ग रमाइलो गर्नका लागि प्रशस्त पैसा हुन्छ । त्यो
पैसा तपाईँले आफ्नो घरको आवश्यकता पूरा गर्नका लागि प्रयोग गर्न सक्नुहुन्छ किनभने
तपाईँसङ्ग घरको आवश्यकता पूरा गर्ने पैसा अरु बेला नहुन पनि सक्छ ।
- दशैँमा तपाईँले लगानी गर्नुभएको कम्पनीले लाभांश
दिइरहेको हुन्छ । बोनश सेयरको रुपमा दिइएको लाभांश तपाईँले बेचेर पैसा निकाल्न
सक्नुहुन्छ भने नगद लाभांश आजकल सिधै तपाईँको खातामा आउने व्यवस्था गरिएको हुन्छ ।
यो पैसा तपाईँले तपाईँको किचन वा बाथरुमलाई लेटेस्ट डिजाइनमा बनाउनको लागि प्रयोग
गर्न सक्नुहुन्छ ।
- तपाईँ यदि व्यापारी हुनुहुन्छ भने दशैँको बेलामा
तपाईँको उधारो बजारबाट उठ्न थालेको हुन्छ । उधारो उठेको पैसा तपाईँले तिर्नुपर्ने
ठाउँमा तिरेपछि नाफा तपाईँसङ्ग रहन्छ । नाफा आएको पैसा तपाईँको परिवारको लागि
लुगाफाटो किन्नको लागि मात्र नभएर तपाईँ जिन्दगीभरि बसिरहेको घरलाई चिटिक्क पार्न
पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
- तपाईँ यदि सरकारी कर्मचारी हुनुहुन्छ भने दशैँका
लागि तपाईँलाई बोनश प्राप्त भएको हुन्छ । तपाईँको श्रीमान श्रीमती नै जागिरे
हुनुहुन्छ भने त तपाईँसङ्ग अत्यधिक नै पैसा बचत रहन्छ । यस्तोमा तपाईँको किचनलाई
मोडुलर बनाउन पर्याप्त पैसा पुग्छ ।
- तपाईँ यदि पर्यटन व्यवसायी हुनुहुन्छ भने दशैँ
तपाईँको लागि पिक सिजन हो । यो सिजनमा कमाएको पैसाले तपाईँको बाथरुममा आइरहेको
समस्या सजिलै समाधान हुन्छ । बाथरुममा लगाएको ग्रेनाइट बाथटब र टफन्डग्लासले
तपाईँको संसार नै नयाँ बन्न जान्छ र तपाईँले काममा अझै मिहेनत गर्नको लागि बाध्य
बनाउँछ ।
- तपाईँ यदि निर्माण व्यवसायी हुनुहुन्छ भने पनि
तपाईँलाई दशैँको टाइममा रिनोभेसन कार्यको पर्याप्त अर्डर आइरहेको हुन्छ । यस्तोमा तपाईँसङ्ग
पर्याप्त बचत हुन्छ र तपाईँले आफ्नै घरलाई कसरी उदाहरणीय बनाउन सकिन्छ भनेर विचार
र मिहेनत गर्न पाउनु हुन्छ ।
- दशैँमा तपाईँको घरमा विवाह लगायत विभिन्न शुभ
कार्य हुने गर्छ । यसको लागि तपाईँको घरलाई चिटिक्क सजाइएको हुन्छ । दशैँमा
रिनोभेसन गर्दा तपाईँको दशैँ खर्च र विवाह खर्च दुवै एउटै खर्चमा टर्छ र बचत हुन
जान्छ ।
निष्कर्ष
तपाईँको घरमा रिनोभेसनको कार्य गर्दाखेरि
तपाईँको दशैँ थप रौनकमय बन्छ । स्किलसेवाले तपाईँको घरमा बाथरुम किचन छतको ट्रस
पार्किङ लगायत विभिन्न रिनोभेसनको कार्य सुपथ मूल्यमा र समयमै सम्पन्न गरेर
तपाईँको दशैँलाई थप उल्लासमय बनाउने कार्य गर्नेछ । हामीलाई चाँडो सम्पर्क
गरिहाल्नुस् ।