Blogs/Current Article

Exposed Pillars

5 min read

हामीले घर बनाउदा पछि थप्नको लागि भनेर पिल्लर हरु को डण्डी यतिकै खुल्ला किन राख्नु हुदैन ?


हामीले डण्डी किन प्रयोग गर्छौ त? concrete को tensile stress धान्ने शक्ति एकदमै कम हुने भएकोले building को tensile स्ट्रेस धान्ने शक्ति बढाउन डण्डी प्रयोग गरिन्छ तर डण्डी लाई फोटो मा दिएको जसरि आधा ढलान गरेर आधा पछि थप्ने त हो भनेर त्यसरी बाहिरी बाताबरणमा खुल्ला राख्नु हुदैन|त्यसरी राख्दा building लाई strength दिनु को सट्टा उल्टै समस्या हरु निम्ताउछ |  



कसरि ?


हामीले त्यसरी डण्डी बाहिर निकालेर आधा मात्र ढलान गरेर राख्दा बाहिरी बाताबरण को असरले गर्दा डण्डीमा खिया लाग्छ र त्यति मात्र नभई त्यसै डण्डी को बाटो हुदै ढलान गरि सकेको भाग भित्र पनि oxidation सुरु हुन गइ त्यस्मा पनि खिया लाग्छ | खिया लाग्दा डण्डी को आफ्नो  volume भन्दा २,३ गुनाले बढ्ने गर्छ  त्यसरी compact भएर बसेको ढलान भित्र कुनै बस्तुको volume बढ्दा ढलान नै फुट्ने गर्छ  भने खिया लागेको डण्डी को tensile  stress धान्ने  क्षमता कम हुने गर्छ |

अनि यसरि यस्तो कम्जोर डण्डी भएको भाग बाट नै अर्को तल्ला थप्पिदा building नै कम्जोर हुन्छ र केहि   वर्ष मा नै crack को समस्या देखिन्छ |


Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)