Blogs/Current Article

फल्स सिलिङ्ग के हो र यो किन आवश्यक छ ?

5 min read
false ceiling k ho
फल्स सिलिङ्ग घरलाई सुन्दर र आकर्षक बनाउने तरिका हो । बिशेष गरी व्यपारिक प्रयोजनको लागि निर्मित भवनहरुमा फल्स सिलिङ्गको बढी उपयोगिता रहेको देखिन्छ । 


सामान्यतया फ्ल्याट वा छत फल्स सिलिङ्गको कारण आकर्षक देखिने गर्दछ । अफिस होस् वा कमर्सियल कम्प्लेक्स, आवासीय कम्प्लेक्स होस् वा थिएटर जुनसुकै ठाउँको सौन्दर्यको लागि फल्स सिलिङ्गको प्रयोग गरिने गर्दछ । 

फल्स सिलिङ्ग मध्यम खालका छत हुन यसलाई कर्डको मद्दतले मुख्य छत मुनि झुण्ड्याइन्छ । यी छतहरू एइए (प्लास्टर अफ पेरिस), जिप्सम बोर्ड, एस्बेस्टोस पाना, पार्टिकल बोर्ड, एल्युमिनियम प्यानल, काठ आदि जस्ता विभिन्न सामग्रीहरूबाट बनाइएका हुन्छन । तिनीहरूलाई ड्रप सिलिङ् वा सस्पेन्डेड सिलिङ् पनि भनिन्छ । फल्स सिलिङ्गले घरको सौन्दर्य बढाउने मात्र नभई यसका अन्य विविध फाइदाहरु रहेका छन । कोठाको सौन्दर्यमा बाधा पु¥याउने संरचनात्मक तत्वहरूलाई लुकाउँन फल्स सिलिङ्गले मदत गर्दछ । गर्मीमा इन्सुलेटरको रूपमा काम गर्दछ । विशेष गरी थिएटर, सम्मेलन हल, सभाहल आदिमा इको सम्बन्धि समस्याहरू कम गरेर बाहय ध्वनि बाधकको रूपमा काम गर्दछ । विशेष गरी स्वास्थ्य सेवा केन्द्रहरू, अस्पतालहरू र क्लिनिकहरूमा एन्टी–माइक्रोबियल तत्वको रूपमा कार्य गर्दछ ।  छतको टाइलहरू बनाउन प्रयोग गरिने सामग्री खनिज फाइबर वा फायर रेटेड काठ प्यानलहरू हुन् भने फल्स सिलिङ्ले फायर सेपरेटरको रूपमा पनि काम गर्न सक्छ । ट्रस र छत टाइलहरू बीच छोडिएको ठाउँले सबै तारहरू सुरक्षित राख्न यसले मदत गर्दछ । 

 

फल्स सिलिङ्ग लगाउनुका फाइदाहरू:


  1. कोठालाई आकर्षक र आधुनिक लुक दिन्छ
  2. तार, पाइप जस्ता अनावश्यक संरचना लुकाउन मद्दत गर्छ
  3. गर्मी र चिसो नियन्त्रणमा केही हदसम्म सहयोग गर्छ (इन्सुलेसन प्रभाव)
  4. आवाज (Sound) कम गर्न मद्दत गर्छ
  5. LED लाइट, स्पट लाइट जस्ता सजावट सजिलै जडान गर्न सकिन्छ
  6. छतको उचाइ मिलाएर आरामदायी वातावरण बनाउन सकिन्छ
  7. धुलो र फोहोर कम देखिन्छ, सफा देखिने हुन्छ



फल्स सिलिङ्ग बेफाइदाहरू:


  1. निर्माण र जडान खर्च तुलनात्मक रूपमा बढी हुन्छ
  2. मर्मत (Maintenance) गर्न गाह्रो हुन सक्छ
  3. पानी चुहावट भएमा छिटो बिग्रन सक्छ
  4. कम उचाइ भएको कोठामा अझ सानो महसुस हुन सक्छ
  5. कमजोर सामग्री प्रयोग भएमा दीर्घकालीन टिकाउ हुँदैन
  6. कीरा/धुलो जम्ने सम्भावना हुन्छ यदि राम्रो सरसफाइ नगरेमा
  7. आगलागी वा आर्द्रताबाट केही प्रकारका सामग्री प्रभावित हुन सक्छन्



तपाई पनि नयाँ घर बनाउदै हुनुहन्छ वा  वा पेन्टिङ्ग सम्बन्घि काम गर्दै हुनुहुन्छ भने निशुल्क परामर्शको हामीलाई 9801886644सम्पर्क गर्नुहोला ।

Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)