Blogs/Current Article

घर बनाउदा बालुवाको गुणस्तर कसरी थाहा पाउने ?

5 min read

घर बनाउदा बालुवाको गुणस्तर कसरी थाहा पाउने ? 


बालुवा एक महत्त्वपूर्ण निर्माण सामग्री हो । नदीको वेगसँग ढुङ्गाहरु एक आपसमा ठोकिदै जादा कालान्तरमा बन्ने साना साना ढुङ्गाका चुर्ण बालुवा हो । 

बालुवा निर्माण उद्योगमा प्रयोग हुने आधारभूत कच्चा पदार्थ हो । राम्रो, टिकाउ र चिल्लो कणहरु भएको बालुवा राम्रो मानिन्छ । 


बालुवाको गुणस्तर यसरी थाहा पाउने,


तरिका नं १.


हत्केलालाई भिजाएर एक मुठी बालुवा समात्ने, राम्रो सफा बालुवा हातमा टासिदैन जबकि माटो मिश्रित बालुवा हातमा टासिन्छ र हत्केलाको रङ्ग परिवर्तन हुने गर्दछ । यस्तो बालुवामा माटो र सिल्ट कण हुन्छ । 


तरिका नं २.


एक गिलास पानी लिने र त्यसमा केही मात्रामा बालुवा थप्नुहोस र मिश्रणलाई हलचल गर्ने । अब मिश्रणलाई थिग्रिन दिनुहोस र एक घण्टा पछि यसलाई हेर्ने सफा बालुवा तुरुन्तै बस्छ तर यदि मिश्रित छ भने माथिल्लो तह बनाउँछ जसमा  बालुवामा गारो वा माटोको कणहरू हुन्छन ।


तरिका नं ३.


बालुवामा जैविक अशुद्धता पत्ता लगाउन, तपाईंले माथिको प्रक्रिया दोहोर्याउनु पर्ने हुन्छ र गिलास पानीमा कास्टिक सोडा (नुन) हाल्नु पर्छ । यदि पानीको रंग खैरोमा परिवर्तन हुन्छ भने, त्यहाँ केहि अशुद्धताहरू हुनुपर्छ । यस्तो बालुवा प्रयोग गर्नु हुँदैन । यस्तो बालुवा प्रयोग गर्नु घर निर्माणमा जोखिमपुर्ण बन्ने गर्दछ ।  


तरिका नं ४.


कणहरूको आकार र बालुवाको चमकद्वारा पनि जाँच गर्न सकिन्छ  । बालुवा जैविक अशुद्धताबाट मुक्त हुनुपर्छ र सजिलैसँग हेरेर चिन्न सकिन्छ । 


तरिका नं ५.


एक चिम्टी बालुवाको स्वाद लिनुहोस, यदि बालुवा नुिनलो स्वादको छ भने हामी बालुवा अशुद्ध मान्न सक्छौ ।  यस्तो नुनिलो मिश्रित बालुवा प्रयोग गर्दा घरमा समास्या आउन सक्छ । 


तरिका नं ६.


यस परिक्षणलाई हामी प्रयोगशालामा पनि परीक्षणहरू जस्तै फाइन नेस मोडुलस र तौलद्वारा सिल्ट सामग्रीहरू छन् जुन पनि गर्न आवश्यक छ । यस्ता प्रयोगशालामा परीक्षणहरू ठूला परियोजनाहरूको लागि मात्र सिफारिस गर्ने  गरिन्छ ।





Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)