Blogs/Current Article

घर बनाउदा राम्रो supervision किन जरुरि छ त ?

5 min read


हामीले प्राय residential घर लोकल ठेकदारलाई ठेक्का मा दिन्छाैँ | उहाँहरुमा experience त धरै नै हुन्छ तर नयाँ प्रबिधि बाट अलि अन्जान हुने भएकोले घर बनाउदा सानो सानो गल्ति हुने गर्छ |घर बनाउने प्रक्रिया त सबै को एउटै भएता पनि काम गर्ने तरिकाले फरक पर्ने गर्छ | हामीले घर बनाउने बेलामा नै राम्रो suprvision दिन सक्याैँ भने पछि गएर घरमा कुनै प्रकार को समस्या हतपत आउदैन | site supervisor राख्दा हुने केही फाइदा हरु

१. गुणस्तर  निर्माण प्रक्रिया

   site supervisor ले  तपाइको घर निर्माणमा प्रयोग भएको सामानको गुणस्तर हेरी यदि कमसल सामान प्रयोग भैरहेको छ भने तपाइलाई त्यस सामान ले भबिस्यमा निम्ताउन सक्ने समस्या को बारे मा जानकार गरि समस्या लाई आउनु अगाडी नै रोक्न सकिन्छ | भैरहेको काम को Quality कस्तो छ , काम engineering standard अनुसार भएको छ वा छैना, घर  design अनुसार बनिरहेको छ त? यी सब कुरा को रेखदेख  गर्नु साथै गलत तरिकाले भैरहेको काम लाई बेलै मा रोक  लगाई राम्रो supervision दिएर निर्माण कार्य लाई आगाडी बढाऊन मद्दत गर्छ |

 

२. पैसा को बचत

घर बनाउदा कुन सामान प्रयोग गर्ने कस्तो प्रयोग गर्ने यी सब कुराको जानकारी supervisor लाई हुने गर्छ जसले गर्दा तपाइले महँगो हालेर कमसल सामान प्रयोग गरेकि भनेर चिन्ता लिनु पर्दैन | काममा  गुणस्तर भए भबिस्यमा घरमा कुनै ठुलो समस्या आउदैन जसले गर्दा दोहोरो खर्च बच्ने गर्छ | घर निर्माण गर्दा लाग्ने खर्च  समय ले पनि निर्धारण गर्ने हुन्छ जत्ति  बदी समय लाग्यो खर्च ऊति बढ्दै जान्छ | supervisor को निगरानीमा काम हुदा काम पनि भनिएको समयमा सकिन गइ छुट्टाएकाे  budget  मा सम्पन्न गर्न सकिन्छ |

 

 

३. समय को बचत

घर निर्माणको कार्यमा हुने ढिलाईको बारे मा हामी सबै अबगत नै छौ | रेख देख गर्ने वा supervise गर्ने ब्येक्ति नहुदा काममा लापरवाही भएर , भनिएको निर्माण को समय भन्दा दोब्बर समय लाग्ने गर्छ | काम ढिलो हुदा खर्च भने बढ्ने गर्छ त्येसैले supervisor को निगरानीमा काम गर्दा systematic रुपमा काम हुने भएकोले समयमा नै सकिने गर्छ |

 

 

 

४. समय अाउनु अघि नै राेक्न सकिन्छ ।

कतिपय घरहरू बनि नसक्दै घरमा विभिन्न समस्या अाउने गर्छ यस्ताे हुनुकाे कारण काम गर्ने क्रममा supervision काे कमीले गर्दा हुने गर्छ त्यस कारण घर निमार्णकाे समयमा  नै supervisionगरे समस्या अाउनु अघि नै राेक्न सकिन्छ ।

Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)