घर निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु

घर निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु
"घर प्रेम, आशा र सपनाको सुरुवात स्थान हो।"
घर भनेको जीवनमा एक पटक बनाइन्छ र यसलाई बनाउदा बलियो भरपर्दो र राम्रो बनाउनुपर्छ। घर निर्माण गर्नाले समुदायहरूलाई जोड्दछ, रोजगारी प्रदान गर्दछ, र समाज सुधार गर्दछ। घर एक यस्तो ठाउँ हो जहाँ तपाई र तपाइको परिवार सुरक्षित हुन सक्नुहुन्छ। तपाईलै चाहिने सबै कुराहरु हुन्छन र तपाइको दु:ख र खुशी बाड्न सक्नुहुन्छ जहाँ तपाई परिवारको रुपमा एक अर्कालाई मद्धत गर्नसक्नुहुन्छ।
घर एक यस्तो ठाउँ हो जहाँ तपाई र तपाइको परिवार सुरक्षित हुन सक्नुहुन्छ। तपाईलाइ चाहिने सबै कुराहरु हुन्छन र तपाइको दुख र खुशी बाड्न सक्नुहुन्छ जहाँ तपाई परिवारको रुपमा एक अर्कालाई मद्धत गर्नसक्नुहुन्छ। घरले तपाई र तपाईको परिवारको लागि आश्रय प्रदान गर्दछ।
त्यसकारण हामीले घर निर्माण गर्दा विभिन्न कुराहरुमा ध्यान दिनु पर्दछ
घर बनाउनु पूर्व ध्यान दिनुपर्ने कुराहरु
माटो परीक्षण

निर्माणको कार्य सुरु गर्नु माटो परीक्षण गर्नु धेरै महत्त्वपूर्ण चरण हो। यदि माटो परीक्षण गरिएन भने भवन अज्ञात खतरामा पर्न सक्छ र अन्तिम परिणाम घातक हुन सक्छ। माटो परीक्षणले माटोको वहन क्षमता, घनत्व, compaction, जैविक पदार्थ, बालुवा र प्रदूषकहरूको उपस्थितिको बारेमा महत्त्वपूर्ण संकेतहरू प्रदान गर्दछ। कहिलेकाहीँ माटो दूषित छ भने यसलाई हटाउन आवश्यक हुन्छ किनभने दूषित माटो बासस्थानको लागि हानिकारक हुन सक्छ।
माटो परीक्षण भनेको जियोटेक्निकल इन्जिनियरले तपाईंको साइट भ्रमण गरि माटोको नमूनाहरू संकलन गरि परीक्षण गर्नु हो। परीक्षणहरूले माटोको विशेषताहरू, प्रकृति पत्ता लगाउदछ। माटोको प्रकृतिले विभिन्न परिस्थितिहरूमा जमिनको संरचना परिवर्तनहरूको लागि महत्त्वपूर्ण भूमिका खेल्दछ। माटो परीक्षण माटोको भौतिक र इन्जिनियरिङ गुण र यसको वहन क्षमताको मूल्याङ्कन र विश्लेषण गर्ने एक वैज्ञानिक उपकरण हो।
किन निर्माणका लागि माटो परीक्षण महत्त्वपूर्ण छ?
यदि हामीले माटो परिक्षण नगरी घर बनाइएमा दुर्घटना हुने र घर भासिने समस्या आउने गर्दछ।
नक्सा तथा Design

घर बनाउन पूर्व आफ्नो घरको design राम्ररी हेर्नुपर्दछ। आफ्नो आबश्यकता design मा पुरा भयो कि भएको छैन भनेर चेक गर्नुपर्दछ। घर बनाउने क्रममा पछि design परिवर्तन गर्नु पर्ने खण्डमा कोठाहरुको size नमिल्ने, light नपुग्ने, बलियो नहुने देखि बाहिरी रुप कुरुप हुनसक्छ।
डिजाइनले समग्र निर्माण कार्यसम्पादनमा ठूलो भूमिका खेल्छ। घर निर्माण गर्नु अघि हामीले कस्तो खालको बनाउने कुन डिजाइनमा निर्माण गर्दा राम्रो देखिन्छ भन्नका लागि पहिले नक्सा बनाउनुपर्दछ। र नक्शा architecture द्वारा नक्सा बनाउन सकिन्छ।
निर्माणमा नक्सा तथा design को महत्त्व
पूर्व Estimation
घर निर्माण गर्नु अघि estimation गर्न जरुरी हुन्छ। सामग्रीको estimation गर्दा घर बनाउन कति के समान लाग्छ र कति खर्च लाग्छ भनेर पूर्व जानकारी लिन सकिन्। र त्यसअनुसार घर बनाउन कति cost या खर्च लाग्छ भनेर पत्ता लगाउन सकिन्छ। अनुमान लगाउनुको उद्देश्य भनेको तपाईंले वास्तवमा काम गर्नु अघि लागत निर्धारण गर्नु हो। अनुमान गर्दा कामको अवस्था, सामग्रीको लागत, श्रम लागत, श्रम उपलब्धता, प्रत्यक्ष काम खर्च, र व्यवस्थापन लागत लाई ध्यानमा राख्नु पर्छ।
estimation को अनुमानले तपाईंलाई काम पूरा गर्न कति समय, प्रयास र पैसा लाग्छ भन्ने सामान्य विचार दिन्छ। यसले बजेट र योजना निर्माण गर्न सजिलो बनाउँछ।
कति समयहरुमा घर बनाउदै गर्दा पैसाको अपुगले बिचमै रोकिनु पर्छ त्यसकारणले गर्दा पहिले estimate गर्न आबश्यक हुन्छ।
Budget निर्धारण

कुनै पनि निर्माण परियोजना सुरु गर्नु अघि निर्माण लागतको पर्याप्त ज्ञान हुनु महत्त्वपूर्ण हुन्छ। estimate ले पूरा गर्न आवश्यक सबै खर्चहरूको पूर्ण बजेट योजना तयार गर्न मद्दत गर्दछ।
सबैभन्दा महत्त्वपूर्ण कुरा, एक सटीक अनुमानले सबै पक्षहरूलाई समयमै काम सक्काउन र बजेट अन्तर्गत नै काम सकाउन सकिन्छ।
घर बनाउदा ध्यान दिनुपर्ने कुराहरु:
जगको गहिराई

कतिपय घरहरु बनाउदा जगको खाल्टो खन्दा खाल्टोको गहिराई नपुग्न सक्छ। गहिराई नपुगेको खण्डमा कसिलो माटो नभेट्ने र भविश्यमा settlement र structural failure पनि हुन सक्छ माटोको किसिमले पनि जगको गहिराई कति चाहिन्छ भन्ने कुरा फरक पार्छ।
Site Supervision को लागि प्राबिधिक को प्रयोग

व्यापारिक भवन र अन्य ठुला भवन बनाउदा प्राबिधिकको रेखदेखमा निर्माण गर्नु सामान्य कुरा हो तर आवासीय भवन तथा घर बनाउदा प्राबिधिकको रेखदेख या सुपरिवेक्षणमा घर बनाउने चलन हाम्रो देशमा न्युन छ। प्राबिधिक को अनुपस्थितिमा घर बनाउदा धेरै गलत तथा नराम्रा काम हुने गर्दछ र नक्सा अनुसार पनि नहुने भएकाले तपाइको घर देख्दा कुरुप र बलियो हुदैन त्यसकारणले गर्दा घर बनाउदा प्राबिधिकको सुपरिवेक्षणमा बनाउनु पर्दछ।
ढलान गर्दा ध्यान दिनुपर्छ

ढलान गर्नुअघि डन्डी र फर्माको राम्ररी जाच गर्नुपर्छ। फर्माको गुणस्तरमा पनि ध्यान दिनुपर्छ फर्मा मिलेन भने ढलानको आकार र बनावट फरक पर्नजान्छ। डन्डीको मात्रा मिलेको छ कि छैन चेक गर्नुपर्दछ। ढलानको समयमा बालुवा, सिमेन्ट,रोडा र पानीको मिश्रण ठिक छ कि छैन ध्यान दिनुपर्छ। पानीको मात्रा बढी भएर मसला पातलो भयो कि भएन त्यो पनि हेर्नुपर्दछ।
ढलान गर्दा त्यसमा बोराका टुक्रा, साना काठहरु छ कि छैन हेर्नु पर्दछ यदि भएमा पछि ढलानबाट पानी चुहिनसक्छ र ढलानमा उचित समयसम्म भाइब्रेटर लगाउनु पर्दछ यदि बालुवा, सिमेन्ट,रोडा र पानीको मिश्रण ठिक छैन र उचित मात्रामा भाइब्रेटर लगाको छैन भने honeycomb हरु आउन सक्छ जसले हाम्रो structure मा असर पर्दछ र ढलानबाट फर्मा निकलिसकेपछी उचित मात्रामा curing र पनि दिनुपर्दछ।
गारो लगाउदा ध्यान दिनुपर्छ

सामान्यतया घर बनाउदा बाहिरी भित्ता ९ इन्च र भित्रि भित्ता ४ इन्चमा लगाईन्छ। नक्सामा गारो र कोठाको आकार दिएअनुसार बनाउदा राम्रो हुन्छ। गारो लगाउनु भन्दा पहिला इटालाइ पानीले भिजाउनु पर्छ। ९ इन्चको गारो लगाउदा सिमेन्ट र बालुवाको मिश्रण १:६ को हुनुपर्छ र 4 इन्चको गारो लगाउदा सिमेन्ट र बालुवाको मिश्रण १:४ को हुनुपर्छ। गारो लगाउदा मसलालाइ इटाको बिचमा राम्रो संग भर्नुपर्छ र इटा लगाउने तरिकामा पनि ध्यान दिनुपर्छ। त्यसपछि राम्रोसंग curing गर्नुपर्छ।
पिल्लर कास्ट गर्दा ध्यान दिनुपर्छ

पिल्लर कास्ट गर्नुअघि पनि डन्डी र फर्माको राम्ररी जाच गर्नुपर्छ। फर्माको गुणस्तरमा पनि ध्यान दिनुपर्छ फर्मा मिलेन भने पिल्लरको आकार र बनावट फरक पर्नजान्छ। पिल्लर कास्ट गर्नुअघि समयमा बालुवा, सिमेन्ट,रोडा र पानीको मिश्रण ठिक छ कि छैन ध्यान दिनुपर्छ। पानीको मात्रा बढी भएर मसला पातलो भयो कि भएन त्यो पनि हेर्नुपर्दछ।
पिल्लरमा उचित समयसम्म भाइब्रेटर लगाउनु पर्दछ र यदि बालुवा, सिमेन्ट,रोडा र पानीको मिश्रण ठिक छैन र उचित मात्रामा भाइब्रेटर लगाको छैन भने honeycomb हरु आउन सक्छ जसले हाम्रो structure मा असर पर्दछ। फर्मा निकलिसकेपछी उचित मात्रामा curing गर्नुपर्छ l
Rebar /रड/ डन्डीको प्रयोग

हामीमध्ये कतिपयलाई डन्डीको बढी प्रयोग गर्यौ भने घर बलियो हुन्छ भन्ने कुरा लाग्नसक्छ तर यो कुरा गलत हो। घर बनाउदा structural drawing ले जति भन्छ त्यति मात्रामा डन्डीको प्रयोग गर्नुपर्छ। यदि structural drawing ले भन्दा फरक मात्रामा रड राख्न चाहनु हुन्छ भने इन्जिनियरको परामर्श लिनु पर्दछ।
उचित मात्रामा Curing

सिमेन्टको प्रयोग हुने कामहरु जस्तै गारो लगाउने, ढलानको काम, पिलरको काम, कोरामसिनोको काम र प्लास्टरको काम गरेको १० घण्टापछि पानी दिन सुरु गर्नुपर्दछ र पानी १ हप्ता देखि २ हप्ता सम्म लगाउनु पर्छ। यदि पानी दिन पुगेन भने ढलान गारो र पिलर बलियो हुदैन र क्रैकहरु आउनसक्छ।
वाटर प्रुफिंग

वाटरप्रूफिङ भनेको कुनै वस्तु वा संरचनालाई वाटरप्रूफ वा पानी प्रतिरोधी बनाउने प्रक्रिया हो यो एक विधि हो जसले पानीलाई तपाईंको घरमा प्रवेश गर्नबाट रोक्छ। वाटरप्रूफिंग धेरै महत्त्वपूर्ण छ किनकि यसले तपाईंको घरलाई सुख्खा राख्न मद्दत गर्दछ। छत भनेको घरको सबैभन्दा बढी घाम र पानी पर्ने ठाउँ हो त्यसकारणले गर्दा छतमा वाटरप्रुफिंग गर्न आवश्यक हुन्छ र बाथरूम भनेको घरको सबै भन्दा बढी पानी चलखेल हुने ठाउँ हो त्यसकारणले गर्दा छतमा र बाथरूममा वाटर प्रुफिंग गर्न आवश्यक हुन्छ।
वाटरप्रूफिंगका फाइदाहरू
घर बनाएपछि ध्यान दिनुपर्ने कुराहरु:
टाइलिङ

टाइलिङ गर्नुका फाइदाहरु :
टायल लगाउदा ध्यान दिनुपर्ने कुराहरु:
पार्केटिंग

आजकल सबैभन्दा लोकप्रिय प्रकारको फ्लोरिंगलाई पार्केट उड फ्लोरिङ भनिन्छ। पार्केट फ्लोरिंग एक प्रकारको काठको डिजाइन हो जुन साना ब्लकहरू वा काठको स्ट्रिपहरूबाट बनाइन्छ।
पार्केटिंगका फाइदाहरु :
पार्केटिंगका बेफाइदाहरु :
पार्केटिंगलाई लामो समयसम्म राम्रो, टिकाउ बनाउनका लागि गरिने उपायहरु:
वाल पेपर

वालपेपर घर र सार्वजनिक भवनहरूको भित्री वालहरू सजाउन आन्तरिक सजावटमा प्रयोग हुने सामग्री हो। यो सामान्यतया रोलहरूमा बेचिन्छ र वालपेपर पेस्ट प्रयोग गरेर भित्तामा टासिन्छ। वालपेपरहरू सादा कागजको रुपमा आउन सक्छन् र यसलाई चित्रित गर्न सकिन्छ वा असमान सतहहरू र सानो वालको दोषहरू ढाक्न मद्दत गर्नको लागि प्रयोग गर्न सकिन्छ जसले गर्दा राम्रो सतह दिन्छ।
वालपेपरका बिशेषता :