Blogs/Current Article

घर रेनोभेसन के हो र आवश्यक किन ?

5 min read
home romodelling



घर रेनोभेसन के हो र आवश्यक किन ? 


हामी मानिसहरु बस्ने आत्मीय सम्बन्ध भएको सुरक्षित भौतिक संरचना घर हो । घरमा हामी आफनो परिवारसँग बसेर सुख, दुख साटी रहेका हुन्छौ भने सफल जीन्दगीको लागि संघर्ष गरी रहेका हुन्छौ । 


हाम्रो समाजमा घरलाई प्रतिष्ठासँग जोडेर पनि हेर्ने गरिन्छ । त्यसैले हामी आफनो आर्थिक अवस्थाले भ्याए अनुसार विभिन्न आकार, प्रकार, र डिजाइनमा घर निर्माण गरी रहेका हुन्छौ । 


अचेल हामीहरु कच्ची माटोबाट बनेको घर भन्दा पनि सिमेन्टबाट निर्मित पक्की घरलाई बढी प्राथमिकता दिने गर्दछौ । हुनपनि कच्ची घरको तुलनामा हाम पक्की घरमा बढी सुरक्षित र सजिलो महशुुस गर्ने गर्दछौ । 

सरसफाई गर्न सजिलो हुनु, हावाहुरी, भुकम्प जस्ता प्राकृतिक प्रकोपबाट पनि सुरक्षित हुने भएकाले पक्की घरको प्रचलन बढेको मान्न सकिन्छ । सिमेन्ट निर्मित पक्की घर बनाउदा  बनाउदा हामी प्रयोग गर्ने निर्माण सामग्रीको गुणस्तरले महत्वपुर्ण भुमिका खेल्ने गर्दछ । 




घर निर्माण कार्य आर्थिक रुपले महगौं हुने गर्दछ । त्यसैले हामी एकचोटी घर बनाउदा आफनो जीन्दगीभरी टिकोस भन्ने चाहन्छौ । समय समयमा मर्मत सम्भार गर्न सकिएन भने एकातिर घर जीर्ण हुदै जान्छ भने हुन्छ भने अर्को तिर घरको साइज आकार कम हुन लाग्छ र डिजाइन हामीलाई मन नपर्न सक्छ । 

अब के गर्न त ? नयाँ घर बनाउने ?? हो यो अवस्थाको एकमात्र समाधान होम रेनोभेसन हो । 


घर रेनोभेसन के हो ?


पुरानो डिजाइनको, जीर्ण, सानो आकारको घरलाई व्यवस्थित ढङ्गले नयाँ डिजाइन पुन निर्माण गर्ने का भनेको घर नवीकरण अर्थात् हाउस रेनोभेसन हो । यसमा हामी आफनो आवश्यकता अनुसार कोठाको आकार थप्न र घटााउन सक्छौ साथै नयाँ डिजाइनमा तलाहरु थप गर्न पनि सक्छौ ।

 


किचन, बाथरुम, शौचालय, मिटिङ्ग रुम, बेडरुम परिमार्जन गर्न सकिने भएकाले तपाई नयाँ घर नबनाएर पुरानै घरलाई परिमार्जन गर्न सक्छौ । जो आर्थिक दृष्टिले यो कम खर्चिलो हुने गर्दछ । 


बिशेषगरी हामी झयाल,ढोका, बार्दलीमा प्रयोग भएका फर्निचरजन्य वस्तु जीर्ण भएपछि नयाँ घर बनाउन खाज्छौ तर नयाँ घर बनाउदा समय र खर्च दुवै नष्ट हुने गर्दछ । यो समयमा रेनोभेसन गर्न उपयोगी हुने गर्दछ ।

विवाह, व्रतबन्ध, चाडपर्व आदिको समयमा हामी घरलाई सुन्दर बनाउनका प्रर्याप्त मात्रामा खर्च गर्ने गर्दछौ तर पनि हामी आफनो घरबाट सन्तुष्ट हुदैन । 


ठाउ कम हुन्छ, पाहुना राख्न समस्या हुन्छ । हामीलाई यो बेला घर बनाउने मन लाग्छ तर के गर्ने हामीसँग प्रर्याप्त पैसा हुदैन र मनमा असन्तुष्टि भाव बोकेर बसी रहन्छौ । अलिकति पनि आकार व्यवस्थापनको बारेमा थाहा नहुदा हामी यस्तो समस्यासँग जुधी रहन्छौ यसको एकमात्र समाधान भनेको घर रेनोभेसन हो । 



रेनोभेसन सम्बन्धि नि;शुल्क परामर्शको लागि  9801886644 मा सम्पर्क गर्नुहोला । 


रेनोभेसन गर्दा ध्यान दिनुपर्ने १० कुराहरु 



घर रेनोभेसन किन , त ? 


  • व्यक्तिगत एवं पारिवारिक सुरक्षा सुनिश्चित गर्न,

  • घरलाई मजबुत एवं समय सान्दर्भिक बनाउन,

  • घरको आयु बढाउनको लागि,

  • कोठाको आकारलाई थपघट गरी आवश्यकता अनुसारको बनाउन, 

  • समय बचत र खर्च नियन्त्रण गर्न,

  • घरको कार्य क्षमता बढाउन,

  • घर बेचबिखनको लागि तयार गर्न, 

  • घरको डिजाइन अपग्रेड गर्न, 


थप जानकारीको लागि यहाँ   www.skillsewa.com  क्लिक गर्नु होला । 




 



Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)