Blogs/Current Article

घरका भित्ताहरुको सुरक्षा गर्न ध्यान दिनुपर्ने कुराहरु

5 min read
others

घरको भित्ताले पुरै घरको भार बहन र छतलाई सर्पोट मात्रै नभइ घरको सौन्दर्यतामा समेत ठुलो भूमिका निर्वाह गर्दछ । वालका यस्ता विशेषताकाहरुका कारण पनि घरको भित्ता दिर्घकालिन मजबुतका साथै सुन्दर पनि हुन आवशयक छ । यद्यपी  घरमा आउने बिभिन्न किसिमको समस्याहरुको प्रत्यक्ष असर घरका भित्तामा देखिन्छ । 

निम्न समय र समस्याहरुको असर घरको भित्तामा प्रत्यक्ष देखिन्छ ः

सिपेज

Paint Damage

घर सर्ने समयमा 


सिपेज

सिपेज भन्नाले घरका कुनै पनि भागका छिद्र अथवा Crackबाट घरको भित्ता वा कुनैपनि ठाउमा  देखिने चिसोपन र moisture लाई बुझिन्छ । सिपेजका समस्याहरु बिशेषत बर्षाको समयमा बढी देखिने गरेको पाइन्छ । भित्तामा देखिने सिपेजले Carbonation ,Oxidation, काठहरु मक्किने र घरको सौन्दर्यतामा समेत प्रत्यक्ष प्रभाव पार्दछ ।

Paint Damage

Paint Damage का कारणहरु बिबिध हुन सक्दछन् तथापी प्राय जसो Paint Damage का समस्याहरु दोहोरिरहने समस्या भने सिपेजकै कारण हुने गर्दछन्  .










बर्षाको समयमा 

बर्षाको समयमा प्रत्यक्ष रुपमा पानीको प्रभाव पर्ने क्षेत्रमा Paint Damageजस्ता समस्याहरु देखिने गर्दछन् । यस्ता समस्याले बाहिरी सौन्दर्यतालाई मात्रै प्रभाव नपारी भित्री संरचनामा पनि नकारात्मक प्रभाव पार्दछ । 





 घर सर्ने समयमा 

घरका सामानहरु सार्ने क्रममा भित्ताहरुमा ठोक्किएर चर्किने , रङ उप्कने जस्ता समस्याहरु आउने गर्छन यसले घरको सैन्दर्यतामा प्रत्यक्ष प्रभाव पार्दछ । 


समाधान 

बिभिन्न समयमा फरक फरक कारणले घरका भित्ताहरुमा देखिने समस्याहरुलाई समस्याको स्रोत अनुरुप समाधानका उपायहरु पनि फरक फरक छन्ः

सिपेज र Dampness का कारण भित्तामा देखिने समस्याहरुको समाधानका लागि सिपेजको स्रोत पत्ता लगाइ Waterproofing गराई फोहोर देखिएको भित्तामा रङ लगाइदिदा समस्याको दिघकालिन रुपमा समाधान पाउन सकिन्छ भने वर्षाको पानीका कारण भित्तामा देखिने असर हरु कम गराउनका लागि Waterprrof रङहरुको प्रयोग गर्न सकिन्छ । त्यसै गरी घरहरु सार्दा सामानहरु ठोक्किएर रङ बिग्रने तथा चर्कने जस्ता समस्याहरुका लागि  अनुभवी र पेशागत रुपमा यस्ता काम गर्ने हरुलाई जिम्मा दिनु उचित हुन्छ ।


Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)