घरको सेक्युरिटी प्लान कसरी गर्ने ? How to make a home security plan?
घरको सुरक्षाको लागि
अतिथि कक्षमा भिडियो फोन आवश्य लगाउनु पर्छ, ताकि आगन्तुकलाई राम्ररी देख्न र पहिचान गर्न सकियोस् । हामी मध्ये कतिपय मानिस घरको चावी ढोकाको फ्रेममा लुकाउँछन्, यस्तो वानी त्याग्नुहोस् ।
यसका अतिरिक्त घरको सुरक्षाको लागि निम्न कुराहरुमा बिशेष ध्यान दिनुपर्ने हुन्छ । घरको वाहिर पर्याप्त प्रकाश हुनुपर्छ, जसले सवैकुरा प्रष्टसँग देख्न सकियोस् । घरको लक सिस्टम वलियो हुनुपर्छ । संभव हुन्छ भने ‘वायोमेट्रिक आइडेन्टिफिकेसन सिस्टम’ लगाउन सकिन्छ, जसमा फिंगरप्रिन्ट एवं अनुहारको पहिचान पछि मात्र लक खुल्छ । यदि घरमा वच्चा छ भने मूख्य ढोकामा ‘म्याजिक आई’ लगाउनुपर्छ, जुन वच्चाको उचाईको हुनुपर्छ । कसैले कल वेल वजाउनसाथ उसलाई म्याजिक आईवाट हेरेर मान्छेको पहिचान गर्न सकिन्छ । संभव हुन्छ भने ‘वायोमेट्रिक आइडेन्टिफिकेसन सिस्टम’ लगाउन सकिन्छ, जसमा फिंगरप्रिन्ट एवं अनुहारको पहिचान पछि मात्र लक खुल्छ ।
यदि तपाईको वगैंचा धेरै ठूलो छ, घरको चारैतिर प्रशस्त खुला जग्गा छ भने ‘मोशन डिटेक्टर’ लगाउनु उपयोगी हुन्छ । यसले गर्दा कोहि घरको कम्पाउड भित्र छिर्ने कोसिस गर्दैछ भने आलार्म वज्छ ।घरको लक सिस्टम वलियो हुनुपर्छ । संभव हुन्छ भने ‘वायोमेट्रिक आइडेन्टिफिकेसन सिस्टम’ लगाउन सकिन्छ, जसमा फिंगरप्रिन्ट एवं अनुहारको पहिचान पछि मात्र लक खुल्छ । यसका साथै शक सेन्सर वा सिसिटिभी क्यामेरा लगाउनु उपयुक्त हुन्छ ।
घरको मूख्य ढोका वलियो काठ एवं मेटलको हुनुपर्छ । मूख्य ढोकामा डवल ढोका वनाउनुपर्छ, जसमा भित्रको ढोका र वाहिर ग्रीलको वनाउन सकिन्छ । यदि त्यहाँ तपाईको ग्यारेज छ भने, त्यसका लागि पनि वलियो ढोका हुनु आवश्यक छ । ग्यारेज घरसँगै जोडिएको छ भने, सेक्युरिटीको व्यवस्था पनि विशेष किसिमको हुनुपर्छ । किनकी ग्यारेजलाई तोडेर सजिलैसँग घरमा प्रवेश गर्ने अवस्था हुनुहुन्न । ढोका आसपासमा पर्याप्त उज्यालो हुनुपर्छ ।कम्पाउन्ड वालमा काँच वा काँडादार क्याकटस लगाउन सकिन्छ, यसले गर्दा पनि वाल नाघेर भित्र प्रवेश गर्न कठिन हुन्छ । नचिनेको व्यक्तिलाई पूर्ण पहिचान नगरी ढोका खोल्नुहुदैन । भलै, ऊ टिभि मर्मत र गर्ने, प्लम्वर वा इलेक्ट्रिशियन नै किन नहोस् । अहिले स्लाइडिङ झ्यालको फेसन छ । यसमा सेफ्टी कोटिङ लगाउनुपर्छ, जसले गर्दा सजिलै तोड्न नसकियोस् । स्लाइडिङ झ्यालको वाहिर ग्रील लगाउन सकिन्छ । झ्यालको छेउमा फर्निचर राख्नु हुदैन । यदि तपाई ग्राउन्ड फ्लोरमा वस्नुहुन्छ र त्यहाँ वर्गैचा पनि छ भने झ्यालको छेउमा वोट विरुवा रोप्नु हुदैन ।
यदि चोरी भयो भने पनि त्यस्तो अवस्थामा विचलित भैहाल्नु हुन्न । चोर आसपासमै हुनसक्छन् । छिमेकीको घरमा जानुहोस् र प्रहरीलाई खवर गर्नुहोस् । प्रहरी आउनुअघि घरको कुनैपनि वस्तुमा हात लगाउनु हुन्न, यसले महत्वपूर्ण प्रमाण नष्ट हुन सक्छ । प्रहरीलाई सहयोग गरौं । प्रहरीको कतिपय प्रश्न निरर्थक लागेपनि त्यसको जवाफ धैर्यतापूर्वक दिनुपर्छ । घरमा के के चोरी भयो ? सूची तयार गर्नुपर्छ । टुटेफुटेको सामग्रीको अलग्गै सूची वनाउनु पर्छ । यो इन्स्योरेन्स दावी गरिएको समयमा काम लाग्छ । यसका निम्ति तुरुन्तै इन्स्योरेन्स प्रतिनिधिसँग सल्लाह लिनुपर्छ ।
https://www.skillsewa.com/blog-details/gharma%20kasto%20prakarko%20security%20use%20garne