Blogs/Current Article

कस्तो घर नकिन्ने ?

5 min read
house-not-to-buy

बाहिरी भित्री डिजाइन हेरेर आफ्नो अवश्यकता र चाहना अनुसारको घर किन्नु पर्छ। धेरैले कस्तो घर किन्ने भनेर सल्लाह मागिरहनु हुन्छ। तर कस्तो घर नकिन्ने भन्नेबारे जानकारी नहुन पनि सक्छ। 

काठमाडौं लगायत देसका मुख्य सहरमा घर किन्दा विचार पुर्याउनु पर्ने विषयमा चर्चा गरौं । 


फ्लोर हाइट कम भएका घर

काठमाडौंमा बनेका पुराना घरहरू होचो डिजाइनमा तयार पारिएका छन्। फ्लोर हाइट कम भएका घर अबका दिनमा किन्नु हुँदैन। त्यस्ता घर आजका दिनमा काम चलाउनका लागि मात्र उपयोगी भएका छन्। उचाइ कम भएका त्यस्ता घरहरू भोलीका दिनमा रेनोभेसन गर्न निमल्ने र मिले पनि खर्च बढी लाग्ने हुन्छ। त्यसैले यस्तो घर नकिन्नु नै बेस हुन्छ। 


बाटोभन्दा तलको घर 

 बाटोको लेभलभन्दा तल भएका घरहरू किन्नु हुँदैन। त्यस्ता घरमा बर्खाको समयमा पानी जम्मा हुने र निकासी नपाउनाले डुबानमा पर्ने हुन्छ। यस्ता उदाहरण धेरै छन्। हामीले आफ्नै घर छिमेकमा पनि देख्न सक्छौं। बाटोभन्दा माथि बनाईका घरहरु पनि विस्तारै बाटोको लेभव माथी आउँदै गर्दा अहिले बाटोकै लेभलमा आएका छन्। यस्तोमा छिमेकले पनि माथिसम्मै जग उठाएर घर बनाइँदिदा आफ्नो घर सोझै तल पर्न जान्छ। त्यसैले घर किन्दा बाटोभन्दा माथिल्लो स्थानमा बनेको मात्र रोज्नुपर्छ। 


वाल सिस्टमको घर नकिन्नु

अहिलेको समयमा आएर वाल सिस्टमको घर पनि किन्नु हुँदैन। धेरै घरजग्गा व्यापारीले जग्गाको भाउमा घर नै आँउछ भनेर झुक्याएर वाल सिस्टमको घरबारे प्रचार गरिरहेका हुन्छन्। तर हामी त्यस्ता कुरामा चनाखो हुनुपर्छ। अहिले सस्तोमा पुरानो घर किन्दा पछि नयाँ बनाउँन झन्झट हुन्छ नै, पुरानो भत्काउन पनि त्यत्तिकै गाह्रो हुन्छ। त्यस्ता घरमा तला थप्न पनि मुस्किल हुन्छ। साथै रिडिजाइन गर्न पनि धेरै कुरामा विचार पुर्याउनु पर्छ। 


दुइतिर माेहाेडा भएकाे घर 

विशेष गरी काठमाडौं लगायत मुख्य शहरमा बाटो चौडा बनाउने काम भइरहन्छ । यस्तोमा दुवैतिर मोहोडा भएको घर किन्दा समस्यामा पर्न सकिन्छ। बाटो बढाउने नियमले घरको दुवैतिर जग्गा छोड्नुपर्ने हुनसक्छ। यो कुरा चाहिँ जग्गा किन्ने वेलामा पनि विचार पुर्याउनु पर्छ। यहाँनेर नयाँ घर बनाउने बेलामा पनि अतिरिक्त नियम पालना गर्नुपर्ने हुन्छ। 


यसबाहेक पनि घर किन्दा साँघुरो बाटो भएको घर, खाने पानी, ढलको सुविधा पर्याप्त नभएको घर किन्नुहुँदैन। बाटो, विजुली बत्ति, इन्टरनेटको सुविधा आदी विचार गरेर मात्र घर किन्नुपर्छ।

Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)