इन्टेरियर डिजाइन के हो ? किन आवश्यक छ ?

हामी सबै चाहना भनेको आकर्षक र चिटिक्क परेको घर हो । घर बलियो बनाउन निर्माणको लागि प्रयाेग भएका निर्माण सामग्रीको गुणस्तर र ग्रेड पनि उति नै महत्वपूर्ण हुने गर्दछ ।
घरको भित्री एवम बाहिरी सजावट घरको सौन्दर्य झल्काउने प्रमुख तत्व हो । हामी मानिसहरु पनि आफनो सुन्दरता निखार गर्नको लागि समय–समयमा मेकअप गर्ने गर्दछौ । हो त्यसगरी घरलाई सुन्दर बनाउनको लागि सजावट अर्थात् घरको पनि मेकअप गर्नुपर्ने हुन्छ । जुन नियम मानिसको हकमा लागु हुने गर्दछ त्यस्तै नियम घरको हकमा पनि लागु हुने गर्दछ ।
घर आकर्षक बनाउन भित्री र बाहिरी गरी दुई किसिमको डिजाइन जरुरत हामीलाई आवश्यक पर्ने गर्दछ । डिजाइन र सजावटले यसमा महत्वपुर्ण भुमिका खेल्ने गर्दछ ।
घरको बाहिरी भागको डिजाइन आर्किटेक्ट इन्जिनियरले गर्दछ । त्यस्तै गरी भित्री भागको डिजाइन इन्टेरियर डिजाइनरले गर्ने गर्दछ । हामीले बनाएको घरको नक्साको आधारमा नै घरको सजावट गर्न सकिन्छ । त्यसैले घर निर्माण गर्नुपूर्व नै आफु आफनो डिजाइन बारे प्रष्ट हुन आवश्यक हुने गर्दछ ।
इन्टेरियर डिजाइन के हो ?
इन्टेरियर डिजाइन घरको भित्री भागको सजावट हो । यो घर निर्माण कला र विज्ञान दुवैको सार संक्षेप हो । एक अनुभवी इन्टेरियर डिजाइनर जसले योजना बनाउँछ, अनुसन्धान गर्छ, समन्वय गर्छ । घरको भित्री भागमा आकर्षक सजावट र सौन्दर्य भर्ने काम इन्टेरियर डिजाइनरको हो ।
हामीलाई डिजाइनको आवश्यक किन पर्दछ ?
- घरको सुन्दरता बढाउनका साथसाथै कवचको रुपमा पनि काम गर्दछ,
- घरलाई आधुनिक र सुविधा सम्पन्न बनाउन,
- घरका भित्तामा भएका चिराहरु पुर्न,
- बिजुलीका तारहरु र अन्य समानहरु स–सुरक्षित राख्न,
- घरलाई मौसम अनुकुल बनाउन,
- घरलाई इको – फ्रेन्डलि अर्थात् वातावरणमैत्री बनाउन,
- घरमा कता के नमिलेको, दख्दै भद्या खालको हुनबाट जोगाउन,
इन्टेरियरबाट के–के फाइदा हुन्छ ?
घरमा समस्या देखिनु हाम्रो लागि सामान्य जस्तै भइसकेको छ । हामी कहिल्यै पनि समस्या समाधानको पाटो हिडन चाहनौ । जहिले पनि समस्या नै सहेर बाचि रहेका हुन्छौ ।
क्तिपय अवस्थामा घरधनीहरु उल्टै प्रश्न सोधिरहेका हुन्छन इन्टेरियर डिजाइन किन गर्ने भनेर तर यो उनीहरुमा पर्याप्त ज्ञान नभएर हो । हामीलाई के लाग्छ भने बस्नको लागि सामान्य घर भए त भइहाल्यो किन इन्टेरियर डिजाइन गर्ने ।
उनीहरुको नजरमा इन्टेरियर डिजाइनको कुनै पनि महत्व लाग्दैन । सामान्य घर बनाउने मिस्त्रीले नै यो काम गरी हाल्छ किन इन्टेरियर डिजाइनर नै चाहिन्छ भन्ने प्रश्न उनीहरुमा मनमा लागि रहेको हुन्छ । यहाँ हामी इन्टेरियर डिजाइनको फाइदाको बारेमा चर्चा गर्ने छौ ।
- इन्टेरियर डिजाइनले घरको ठाउको सही सदुपयोग र प्रयोग गर्न मदत गर्दछ ।
- घरको सुन्दरता बढाउनको साथै सुरक्षा कवचको रुपमा काम गर्ने गर्दछ ।
- दक्ष जनशक्तिको प्रयोग हुने भएकाले सामान्य मिस्त्रीले गर्ने डिजाइन र यसमा अन्तर हुने गर्दछ ।
- सजावट मात्र अन्य विविध प्रयोजनको लागि नि प्रयोग गर्न सकिन्छ ।
- कम बजेटमा आकर्षक डिजाइनमा घर बनाउन सकिन्छ ।
- दोहोरो खर्च र समयको बर्वादीबाट बच्न सकिन्छ ।
For more detail call +9779801886644