किन लगाइन्छ घरमा तुलसी ? तुलसी विवाह , विश्वास, र वैज्ञानिकता

कहिले मनाइन्छ त ?
सबैभन्दा ठुलो एकादशीका रूपमा हरिबोधिनी एकादशीलाई ठुली एकादशी भन्ने गरिन्छ । यस बर्षको हबोधिनी एकादशी आज शुक्रबार परेको छ । आषाढ शुक्ल हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गर्ने गरिन्छ ।
शुक्ल र कृष्ण गरी दुई भेद भए पनि उस्तै सिद्धि दिने एकादशी हरेक महिनाको दुईवटाका दरले वर्षभरिमा चौबीसवटा र पुरुषोत्तम माससमेत दुइटा गरी जम्मा २६ वटा हुन्छन्। ।
त्यसमध्ये तुलसी रोपण एकादशीको नामले चिनिने एकादशी भने ज्येष्ठशुक्ल एकादशी ‘निर्जला’ एकादशी हो, तुलसीको मञ्जरी दल छर्ने एकादशी पनि भनिन्छ यस दिनलाई । सामान्यतया द्वादशीयुक्त एकादशीलाई एकादशी भनिन्छ ।
दिनको प्रातः समय एकादशी, मध्यदिनभरि द्वादशी र भोलिपल्ट सूर्योदयअघि त्रयोदशी तिथि स्पर्श भएको एकादशीलाई त्रिस्पृशा एकादशी भनिन्छ । यस्तो पर्व परेमा अन्य एक हजारवटा एकादशीको पुण्य एकैदिनको उपासनाबाट लिन सकिन्छ ।
आजको दिन भगवान विष्णु उठ्ने एकादशी
तलसी विवाह र काठमाडौका चार नारायण जोडिएको यो पर्व पावन अवसरको रुपमा लिने गरिन्छ । शयनीको अर्थ सुत्ने र बोधिनीको अर्थ जागा अर्थात् जागृत भन्ने हुन्छ ।
दिन भगवान विष्णु आजको दिन उठ्नुहुन्छ भन्ने धार्मिक जनविश्वास रहेको छ । हरिशयनी एकादशीबाट गहिरो निद्रामा सुत्नु भएका विष्णु भगवान् आज उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष रुपले मान्ने गरिन्छ । आजको दिन तुलसीको विवाह स्वमं भगवान बिष्णु गर्ने गरिन्छ ।
आज तुलसी विवाहको दिन
एकादशीमा दिन या रात उपासना गर्नाले ब्रह्महत्या, गोहत्यासम्मको दोषबाट मुक्ति पाइने र सयौँ अश्वमेध यज्ञ गरेकोसमेत फल पाइने हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्त्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, सांस्कृतिक र वैज्ञानिक रूपमा पनि निकै महत्त्व रहेको छ । तुलसीले रातिको समयमा पनि अक्सिजन दिने गर्दछ । त्यसैले त हिन्दु धर्मालम्बीहरुले आआफ्नो घरमा पनि तुलसीको मठ बनाउने र त्यसलाई पूजा गर्ने गर्छन ।
तुलसी आफैमा महत्वपुर्ण बुटी
हजारौँ वर्षदेखि सनातन संस्कारीहरू प्रातः कालमा नै उठेर तुलसीमा पानी चढाएर र नमन गरेर मात्र आफ्नो दैनिक कार्य गर्ने गर्दछन । बिहान उठेर यसरी तुलसीको पुजा गर्दा हाम्रो मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने गर्दछ ।
हरेक धार्मिक कार्यमा हामी तुलसीलाई समावेश गर्ने गर्दछौ । चाहे जन्म होस, चाहे मृत्यु हो या चाहे व्रतबन्ध नै सनातनी संस्कारमा तुलसीको प्रयोग हुँदै आएको छ, ।
हिन्दु धर्मालम्बीहरुले घरको छतमा वा आँगनको छेउमा पुर्व वा उत्तर दिशामा तुलसीको मठ बनाउने गर्दछन । तुलसीको मठलाई पवित्र स्थान मानिने चलन छ । अनि तुलसीको डाँठबाट बन्ने मालालाई निकै पवित्र मानिनुका साथै महंगो पैसा बेच्ने गरिन्छ । विभिन्न प्रकारका आयुर्वेदिक औषधीमा पनि यसको प्रयोग गर्ने गरिन्छ । चिया,दुध, बर्वल टि मा पनि यसको प्रयोग गर्ने गरिन्छ ।
धार्मिक किंवदन्तीको तुलसीको वर्णन
स्कन्द पुराणमा पनि तुलसीको पूजा गरेमा अनन्त फल प्राप्त हुने प्रसङ्ग उल्लेख गरिएको छ ।अँजुलिभर पानी लिएर तुलसीको पातमा सफा हृदयले अर्पण गर्दा मात्रै पनि श्रीकृष्ण भगवानको कृपाले आफूले चाहेको फलहरू मिल्ने विश्वास पनि गरिएको छ । खानामा तुलसीको पात राख्नाले खाना शुद्ध हुने धार्मिक मान्यता रहेको छ ।
नमोः नवः तुलसी कृष्ण प्रियशी
कृष्ण राधा सेवा को सबै अभिलासी
आषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीको बिरुवालाई आजको दिन पिपलसँग विवाह गरिदिने प्रचलन पनि रहेको छ । हरिशयनी एकादशी अर्थात तुलसी रोप्ने एकादशीमा रोपिएको तुलसीको बिरुवा आजको दिनसम्म निकै हुर्किएको हुन्छ ।
आजको दिन तुलसीको मठलाई रङ्गरोगन गर्ने, सजाइने र आकर्षक बनाउने गर्ने गरिन्छ ।
आजको दिन नेपालका अधिकांश बिष्णु मन्दिरहरुकामा भक्तजनहरुको भीड लाग्ने गर्दछ । भक्तजनहरु उपवास अर्थात् व्रत बसेर स्वच्छ भावले पुजा गर्ने गर्दछन ।
तुलसी विवाह विधि पक्रिया र विशेषता
देवी त्वं निर्मिता पूर्वमर्चितासि मुनीश्वरैः ।
नमो नमस्ते तुलसी पापं हर हरिप्रिये ।।
शालिग्राम वा पिपलसँग तुलसीको विवाहलाई भगवान विष्णु र लक्ष्मीजीको विवाहको प्रतीकात्मक विवाह मानिन्छ । भगवान विष्णुले सबैभन्दा पहिले आजको दिन तुलसीको प्रार्थना सुन्नुभएको र त्यसै प्रार्थनाका प्रभावले निन्द्राबाट उठ्नुभएको जनविश्वास गरिन्छ । यही दिन तुलसीको विवाह विष्णु भगवानसँग भएको मानिन्छ । तुलसी विवाह गर्दा लाल वस्त्र लगाइनेृ गर्दछ ।
आजकै दिनबाट नयाँ धान कुटेर चामलको न्वागी भगवानलाई अर्पण गरी प्रसाद स्वरूप न्वागी खाने प्रचलन पनि रहेको छ ।
तुलसी विवाहमा प्रयोग गरिने सामग्रीहरु
उखु, साल, बाँस, दियो, कलश, चामल, शालिग्राम, टिका, लाल वस्त्र, फूलमाला, जौ, तिल, मह, घृतम्, चीनी, सहित सम्पूर्ण उपचारले पूजा गर्दै धूप, दीप, नैवेद्य, ऋतु फल, कन्दमूल, पान, सुपारी आदि । आजको दिन बिहान सूर्योदय भन्दा पहिले उठेर स्नान गर्ने र भगवान विष्णुको पूजन सहित तुलसी विवाह गरेर व्रत बस्ने परम्परा छ ।
तुलसी विवाहको लागि तुलसीको मठ या गमलामा गेरु वा रङ्ग आदिले रंगरोगन गरेर सजाइने गरिन्छ भने दियो, कलश, गणेशसहित सबै देवी–देवताहरूको र श्री शालिग्रामको श्रद्धा एवं भक्ति पूर्वक पूजन गर्नु पर्दछ ।
ॐ तुलसी दामोदराभ्यां नमः भन्दै पुजा गनुका साथसाथै पाद्य जल, अर्घ, आचमने, दूध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ ।
त्यसपछि पहेँलो फूल हातमा लिएर प्रार्थना गर्दै पुष्पाञ्जली पनि गर्नु पर्छ । एउटा नरिवल, दक्षिणासहित शालिग्राम हातमा लिएर तुलसीको सात पटक परिक्रमा गर्नु पर्दछ । हामीलाई सुख, समृद्धि र सबै प्रकारको मनोकामना प्राप्त हुने धार्मिक विश्वास का साथ आजको दिन भगवान विष्णुको भजनकिर्तन गर्दै रातभर जाग्राम बस्ने चलन पनि छ ।