Blogs/Current Article

भिरालो जग्गामा घर कसरी बनाउने?

5 min read
make-house-in-slope-land

भिरालो जग्गामा घर कसरी बनाउने?


तपाईँले भिरालो जग्गामा घर बनाउँदै हुनुहुन्छ भने  cutting पनि कम  filling पनि कम गरेर Step system मा घर बनाउनुहोस् जसले गर्दा excavation र filling मा आउने खर्च कम हुन्छ। तपाईंले स्टेप सिस्टममा घर बनाउँदा जमिनमुनि पनि थप space पाउनुहुन्छ।




जमिनमुनि space राख्दा shear wall अनिवार्य हुन्छ । Shear wall ले जमिनमुनिको space लाई support गर्दछ र wall बाट हुने सिपेजलाई पनि रोक्दछ।

त्यस्तै तपाईँले स्टेप सिस्टममा घर बनाउँदै हुनुहुन्छ भने mat foundationमा जस्तै जमिनमुनि पनि slab casting गर्नुहोस्। जसले गर्दा जमिनमुनिको पानी wall तिर जान पाउँदैन र घर कमजोर हुने त्यस्तै सिपेजको समस्या पनि कम देखिन्छ ।





Slab casting गर्नुभन्दा पहिला तपाईँले त्यहाँ aggregate राख्नुहोस र त्यो माथि 4 अथवा 6 इन्चको दुईतिर खुला भएको perforated पाइप राख्नुहोस्। जसले गर्दा त्यहाँभित्र रहेको पानी  दुवै तिरबाट सजिलै drain out हुन्छ र त्यो पाइप भन्दामाथि फेरि तपाईँले geo fibre राख्नुहोस्। यति गरिसकेपछि पानीको level rise भएर ग्राउन्ड फ्लोरमा सिपेज त्यस्तै घर कमजोर हुने समस्याहरु आउँदैन।


तर तपाईँले यो सबै काम गर्दा तपाईँलाई foundation मै करिब १० लाख बढी खर्च लाग्छ ।

Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)