Blogs/Current Article

निर्यात हुन थाल्यो अर्घाखाँची सिमेन्ट

5 min read
others

निर्यात हुन थाल्यो अर्घाखाँची सिमेन्ट 


सिमेन्ट उद्योगमा ४४ बर्षदेखि राज गर्दै आएको अर्घाखाँची सिमेन्टले निर्यात गर्न सुरु गरेको छ । यस अघि तानसेन सिमेन्टले पनि भारतमा सिमेन्ट निर्यात गरेको थियो । 

अर्घाखाँची सिमेन्ट उद्योगले १०७ बोरा अर्थात् ७० टन सिमेन्ट भारत निर्यात गरेको छ ।

अर्घाखाँची सिमेन्ट उद्योगको उत्पादन क्षमता २ हजार २ सय टन रहेको छ । नेपाल सरकारले ५० करोड मुल्य बराबरको उत्पादन गर्दा ८ प्रतिशत दिने गरेको छ । 

भारत सरकारको ब्युरो अफ इन्डियन स्ट्यान्डर्डस्ले अर्घाखाँची सिमेन्टलाई आइएसआई मार्क दिएको हो । मार्क प्राप्त गरे पश्चात सिमेन्ट निर्यातको बाटो सहज बनेको हो ।

देशमा सञ्चालित ६१ वटा सिमेन्ट उद्योगबाट दैनिक रुपमा झन्डै ५ लाख बोरा सिमेन्ट उत्पादन हुने गरेको छ । नेपाल सरकारको स्वामित्वमा रहेका सिमेन्ट उद्योग उदयपुर सिमेन्ट उद्योग र हेटौडा सिमेन्ट उद्योग हुन । 



Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)