प्रदुषण, यसको प्रकार,कारण र असर

पृथ्वीमा रहेका सम्पुर्ण सजीव तथा निर्जीव वस्तुहरुको सन्तुलित अन्तरसम्बन्ध, स्वरुप तथा अस्तित्व वातावरण हो ।
मानिसहरुका कारणले तथा प्राकृतिक कारणले गर्दा वातावरणमा हानीकारक तथा अनावश्यक वस्तुहरु वृद्धि भइ वातावरणको गुणस्तरमा ह्रास आउनुलाई वातावरण प्रदुषण भन्ने गरिन्छ ।
वातावरण हाम्रो स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने गर्दछ । वातावरण प्रदुषण हुदा हामी विभिन्न प्रकारका रोग, व्याधि, प्रकोपको सिकार हुन पुग्दछौ ।
फोहोरमैलाबाट निस्कने निस्कने ठोस, तरल वा ग्याँस वस्तुको संयोजनबाट वातावरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले प्रभाव पार्ने काम भनेको प्रदुषण हो ।
प्रदुषणको स्रोतहरु
रासायनिक प्रदुषण ; विभिन्न प्रकारका कीटनाशक औषधी, झारपात मार्ने औषधी, सल्फर डाइअक्साइड, हाईड्रोजन सल्फेट लगायतका ग्याँसहरु, रासायनिक मल ,मानिसले प्रयोग गर्ने औषधीका अवशेष लगायतबाट हुने प्रदुषण आदि बाट रासायनिक प्रदुषण हुने गर्दछ ।
जैविक प्रदुषण ; घरबाट निस्कने फोहोर, जीवजन्तुको मलमुत्र, वन तथा कृषि पैदावारबाट हुने प्रदुषण जैविक हो ।
भौतिक स्रोत ; जल, स्थल, वायु, ध्वनी लगायतका प्रदुषण भौतिक हो ।
वातावरण प्रदुषणका प्रमुख कारणहरु
वातावरण प्रदुषणमा कुनै एक पक्ष मात्र जिम्मेवार हुदैन । मुख्यतया वातावरण प्रदुषण मानवीय कारणले हुने गर्दछ । वातावरण प्रदुषणका मुलभुत कारणहरु,
प्लाष्टिकजन्य वस्तुको अत्याधिक प्रयोग हुनु,
कृषि उत्पादनमा अत्याधिक रासायनिक मलको प्रयोग,
तीव्र जनसंख्या वृद्धि,
वन विनास तथा वन माथिको अतिक्रण,
फोहोरमैलाको उचित व्यवस्थापन हुन नसक्नु,
उद्योग धन्दाबाट निस्कने फोहोर सिधै नदीमा मिसाउनु,
सार्वजनिक स्थलमा शौचालय ,फोहोर फाल्ने डस्टविनको उचित प्रबन्ध नहुनु,
अव्यवस्थित शहरीकरण, औधौगिककरण,
अव्यवस्थित सवारी व्यवस्थापन,
निर्माणाधिन सडक समयमा निर्माण नहुनु,
आणविक हातहतियारको प्रयोग,
वायु प्रदुषण
वायु मण्डलमा बाहय तत्व तथा दसष्ति तत्व मिसिन गई हावाको अवस्था बिग्रिनुलाई वायु प्रदुषण भन्ने गरिन्छ । मानिसको स्वास्थ्य, खाना, सम्पत्ति तथा मनोरञ्चनलाई नकारात्मक प्रभाव पार्ने गरी मानवीय क्रियाकलापबाटबाट वातावरणमा उत्पन्न विकारहरु वायुमण्डमा थुप्रिनुलाई नै वायु प्रदुषण भनिने कुरा विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
के कारणले हुन्छ त वायु प्रदुषण ?
सवारी साधनबाट निस्कने धुवाँ तथा धुलो,
उद्योगधन्दाबाट निस्कने धुलो,धुवाँ, फोहोरमैला खुला रुपले वायुमा छोडिनु,
ज्वालामुखी विस्फोट, आगलागी,बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपबाट,
खाना पकाउन दाउरा, गुइठा, कृषिजन्य अवशेषको प्रयोग,
दुषित ग्याँस हावामा मिसिनु,
वायु प्रदुषणको असर
श्वासप्रश्वास सम्बन्धी रोगहरु देखा पर्नु,
छाला, आखाँ सम्बन्धि रोगहरु देखा पर्नु,
माटोको उर्वरा शक्ति घटनु,
ओजोन तह क्षय भएर जानु,
जल प्रदुषण
पानीमा अनावश्यक तत्व मिसिन गई यसको भौतिक तथा रासायनिक गुणमा परिवर्तन आउनु जल प्रदुषण हो । अर्थात पानीको मुहानमा विभिन्न प्रकारका दुषित एवं हानीकारक कण मिसिनुलाई जलप्रदुषण भनिन्छ ।
जल प्रदुषणका कारण
पानीको मुहान वरीपरी लुगा धुने, भाडा माझने, नुहाउने आदि,
उद्योगधन्दा ,कलकारखाना, शौचालबाट निस्कने फोहोरलाई नदी वा पानीको मुहानमा मिसाउनु,
रासायनिक तथा किटनाशक बिषादी जमिनमा प्रयोग हुदा जमिन मुनि पानीको पनि दुषित हुनु,
शिक्षा तथा चेतनाको अभाव हुनु,
जल प्रदुषणको असर
जलीय पारिस्थितिक पद्धतिमा असर,
प्रदुषित पानीको प्रयोगले जमीनको उर्वराशक्ति घटाउदछ,
मानिसहरलाई प्रदुषणजन्य विभिन्न प्रकारका रोग लाग्ने गर्दछन,
प्राकृतिक सौन्दर्यमा कमी आउने,
ध्वनी प्रदुषण
मानिसको इच्छा विपरित आवाज वा चर्को आवाज मिसिनुलाई ध्वनी प्रदुषण भन्ने गन्छि । बिशेषगरी शहर बजारमा ध्वनी प्रदुषण हुने गर्दछ ।
ध्वनी प्रदुषण कारणहरु
ज्वालामुखी, बाढी पहिरो, मेघ गर्जन आदि प्राकृतिक कारण,
औद्यौगिक संरचनाहरुको सञ्चालन,
सवारी साधनबाट उत्सर्जन हुने ध्वनी,
नारा, जुलुस, माइकिङ्ग आदि,
पुराना सवारी साधनको प्रयोग,
रेडियो एवं टेलिभिजनको चर्काे स्वरमा प्रयोग हुनु,
ध्वनी प्रदुषण असर
सामान्य कुराकानीमा अवरोध सिर्जना हुनु,
मानिसमा रिसाउने,झर्कने लगायतका समस्या,
कानको जाली फुटने सक्ने,
श्रवण तथा स्मरण शक्ति ह्रास आउने,
थ्कान बढी लाग्ने समस्या,
गर्भवती महिलाहरुमा गर्भपतन र अपागं हुन सक्ने,
उच्च रक्तचाप,हृदय रोग हुन सक्ने,
जंगली जीवजन्तुले आफनो आश्रय स्थल परिवर्तन गर्न सक्ने,
खाद्य प्रदुषण
खाद्य प्रदुषण भनेको खाद्य पदार्थमा रासायनिक र जैविक अखाद्य पदार्थ मिसिनु खाद्य प्रदुषण हो । खाद्य प्रदुषणले गर्दा हामी खाद्यन्नबाट पाउनु पौष्टिक तत्व प्राप्त गर्न सक्दैनौ साथसाथै हामी विभिन्न प्रकारका रोगहरुको सिकार बन्न पुग्दछौ ।
खाद्य प्रदुषणका कारण
उत्पादनको क्रममा अत्याधिक मात्रमा रासायनिक पदार्थ मिसाृउनसु,
भण्डारण तथा प्याकिङ्गको समयमा खाद्यन्न पदार्थमा मिसावट,
खाद्य पदार्थ लामो समयसम्म बट्टामा प्याक गरेर राख्नु,
खाद्य पदार्थमा विभिन्न प्रकारका रासायनिक पदार्थ रङ्गको प्रयोग गरिनु,
खाद्य प्रदुषणको असर
मानसिक मानसिक र शारिरिक स्वास्थ्यमा असर गर्ने,
मानिसको पेटमा सम्बन्धी नयाँ रोगहरु देखा पर्नु
बालबालिकामा कुपोषण देखा पर्नु,
मानिसलाई मात्र नभई पशुहरुलाई पनि यसको असर पर्ने गर्दछ ,
माटो प्रदुषण
मानवीय कारणबाट माटामा जैविक तथा अजैविक पदार्थ मिसिन गई हुने प्रदुषण माटो अर्थात् भु—प्रदुषण हो ।
माटो प्रदुषणका कारणहरु
घर उद्योग कलकारखानाबाट उत्पन्न हुने फोहोर जथाभावी बिसर्जन गर्नु ,
वयु प्रदुषणका कारण माटोको अम्लीयपना बढनु,
ऋाणविक भट्टिबाट निस्कने फोहोर जथाभावी विसर्जन गर्नु,
अस्पताल, नर्सिङ्ग होम आदिबाट निस्कने फोहोर जथाभावी विसर्जन गर्नु,
माटो प्रदुषणका असर
माटो प्रदुषणले जल प्रदुषणलाई बढावा दिन्छ,
प्रदुषित जमिनले वातावरणमा वायु प्रदुषण हसने गर्दछ,
जमिनको उर्वरा शक्ति घटने गर्दउछ ,
स्थलीय पारिस्थितिक पद्धतिलाई असर पर्छ
वतावरणको सौन्दर्यलाई घटतउने गर्दछ ।