पिलरवाला घर बनाउदै हुनुहुन्छ ? ध्यान दिनैपर्ने १० सुत्रहरु
5 min read

पिलरवाला घर बनाउदा ध्यान दिन पर्ने मुख्य कुराहरु यसप्रकार रहेका छन ।
१. वृत्ताकार वा आयाताकारको नियमित आकारको घर हुनुपर्दछ ।
- लामो र साँघुरो घर निर्माण गर्नु हुदैन ।
- तपाईको घरको चौडाइ तपाईको घरको लम्बाई भन्दा ३ गुणा बढी हुनुहुदैन ।
२. बिम र पिलरको स्थान,
- ग्रिडको लाइनबाट पिलर वा बिम हटाउनु हुदैन । पिलहरुलाई एउटै ग्रिडको लाईनबाट राख्नुपर्छ र सबै पिलरहरुलाई बिमले जोडनु पर्दछ ।
- जगबाट सबै पिलहरु निरन्तर उठेको हुनुपर्छ ।
- बिमलाई पिलरको केन्द्र रेखामा पर्ने गर राख्नु पर्छ ।
- बिमहरुको लेभल प्रत्येक तला र जगमा एउटै हुनु पर्दछ ।
३. पिलरको संख्या भवनहरुमा दुवै दिशामा एकभन्दा बढी नालको हुनुपर्दछ ।
- एकभन्दा बढ नाल भार बाहक संरचना राख्नुपर्ने स्थिति आउमा उपयुक्त ठाउँमा ढलानको गारो राख्नु पर्ने हुन्छ ।
४. जगको लम्बाइ, चौडाई र डण्डीको विवरण पिलरको स्थान र माटोको प्रकार अनुसार हुनुपर्दछ ।
५. पिलरको बलियोपना
- एक तलाको भए वा एक भन्दा तलाको भए पनि पिलरको साईज कम्तिमा पनि १२ बाइ १२ को राख्नु पर्छ ।
- कम्तीमा पनि आठवटा डण्डी राख्नु पर्दछ ।
- पिलरको लम्बाईमा ४ इन्चको फरकमा रिङ्गहरु राख्ने,
६. घर बनाउदा जहिले पनि खुला भुँइतला राख्नु हुदैन ।
- पर्किङ्ग प्रयोजनको लागि भुईतला खुला राखनुपर्ने भएमा बलियो बनाउनु पर्ने हुन्छ ।
- आवश्यकता अनुसार विज्ञको पनि परामर्श लिन सकिन्छ ।
७. रिङ राख्ने सही तरिका,
- रिङहरुमा १३५ डिग्रिको हुक राख्नुपर्छ । थप डाएमण्ड आकारको रिङ पिलरको बीचको ठाडो डण्डीलाई समाउन राख्नुपर्छ ।
- पिलरको पुरा लम्बाईमा ४ इन्चको फरकमा रिङहरु राख्नुपर्छ ।
- बीमको दुबै छेउबाट २ फिटसम्मको लम्बाईमा ४ इन्चको फरकमा बीममा रिङहरु राख्नुपर्छ ।
- बीम र पिलरको जोर्नीमा पनि रिङहरु राख्नुपर्छ ।
८. डण्डीलाई बाँध्ने सही तरिका
- डण्डी जोड्दा ६० गुणा खप्टिनु पर्छ ।
- पिलरमा डण्डी गाँस्दा बीमको छेउबाट २ फिट छोडेर पिलरको लम्बाईको बीचमा पर्ने गरी गास्नुपर्छ ।
- बीमका डण्डीहरुलाई बाहिरी पिलरभित्र पर्याप्त मात्रामा घुसाउनु पर्छ ।
- पिलरमा बीमका डण्डीहरु पिलरको डण्डीको बीचबाट राख्नुपर्छ ।
९. पिलरलाई राख्ने सही तरिका
- पिलरलाई लम्बाई अनुसारले राख्ने
- झ्याललाई पिलरसँग टाँसेर राख्नुहँुदैन ।
- झ्याल राख्दा पिलरभन्दा कम्तीमा २ फिट पर मात्र राख्नुपर्छ ।
- भ¥याङको ल्याण्डिंग लेवलको बीम पिलरसँग जोडेर राख्नुहुँदैन ।
१०. बिम र पिलर भित्रको गारोहरुलाई बाध्ने सही तरीका ,
- पिलर र बीम भित्रका गारोहरुलाई बाध्ने ।
- सबै गारोहरुलाई पिलरसँग बाँध्नुपर्छ । यसका लागि झ्यालको तल र माथि तेस्रो बन्धन राख्नुपर्छ ।
- यस्ता तेर्सो बन्धनलाई दायाँबायाँ पिलरमा बाँध्नु पर्छ । पिलर छैन भने ठाडो डण्डी उठाएर त्यसमा बाँध्नु पर्छ ।
- बन्धनको चौडाई गारोको मोटाईसंग बराबर हुनुपर्छ र बन्धनको मोटाई कम्तिमा ३ इन्च राख्नुपर्छ । बन्धन बनाउँदा ८ मि.मि. (२.५ लाइन) का दुइवटा तेर्सा डण्डीलाई ६ मि.मि. (२ लाइन) को हुकले ६ इन्चको फरकमा बाँध्नुपर्छ ।
Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!