घर निर्माण गर्ने, निर्माण सामग्रीको गुणस्तर परिक्षण नगर्ने ?
हामीले प्रयोग गर्ने निर्माण सामग्री आफैमा गुणस्तरीय र भुकम्प प्रतिरोधात्मक हुन्छ भन्ने हुदैन । निर्माण सामग्री सही ढङ्गले मिलाएर प्रयोग गर्न सक्यौ भने घर सुरक्षित र भुकम्प प्रतिरोधी हुने गर्दछ । निर्माण सामग्रीको गलत अनुपात हाम्रो घरको लागि जोखिमपुर्ण हुने गर्दछ ।
हामी गुणस्तर बिनाको निर्माण सामग्रीको प्रयोगले कहिल्यै पनि सुरक्षित घर बनाउन सक्दैनौ । हामीले प्रयोग गर्ने निर्माण सामग्रीको गुणस्तर थाहा पाउन अति आवश्यक हुने गर्दछ । यहाँ हामी घर निर्माणमा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर कसरी चेक गर्ने भन्ने बारेमा चर्चा गर्ने छौ ।
तपाई पनि नयाँ घर बनाउने सोच हुनुहुन्छ भने निशुल्क परामर्शको लागि 9801886644 मा सम्पर्क गर्नसक्नुहुन्छ । साथै बेभसाइटबाट पनि निशुल्क बुक गर्न सक्नु हुनेछ ।
निर्माण सामग्रीमा हुनुपर्ने गुणहरु यस प्रकार छन -
इँटा
- राम्ररी पाकेको र सतह चिल्लो भएको ।
- एकनासको रातो रंगको ।
- चिराहरु नपरेको ।
- एउटै आकार भएको ।
- दुई ईट्टा ठोक्दा धातुको जस्तो आवाज आउने ।
- एक दिन पानीमा भिजाउँदा ईट्टाको तौलको २५% भन्दा बढी नबढ्ने ।
- १ मिटरको उचाइबाट ठाडो पारी कडा सतहमा खसालदा नफुट्ने हुनुपर्छ ।
बालुवा
- सफा, दानादार, खस्रो बालुवा हुनुपर्छ ।
- खोला, नदी तथा खानीको बालुवा प्रयोग गर्न सकिन्छ ।
- थोरै मात्र चिसोपना भएको ।
- अन्य वस्तु तथा चिल्लोपन र दुर्गन्ध नभएको बालुवा गुणस्तरीय बालुवा मान्न सकिन्छ ।
केही बालुवा जाँच गर्ने सरल तरिका
क.हातले बालुवा जाँच्ने तरीकाः
- सफा हातमा एक मुठ्ठी बालुवा लिने र दुवै हत्केलाले रगडने् र टकटकाउने ।
- बालुवा नलागी हत्केला सफा रहे सामान्यतया त्यो बालुवा राम्रो मानिन्छ ।
ख.काँचको गिलासमा बालुवा राखेर जाँच्ने तरीका
- काँचको गिलासमा बालुवा राखेर जाँच्ने तरीकाः
- काँचको गिलासमा ६० मिलिमिटर (२.५ इन्च) सुक्खा बालुवा भर्ने ।
- बालुवाभन्दा २५ मिलिमिटर (१ इन्च) माथिसम्म पानी भर्ने ।
- एक चम्चा नून मिसाउने र एक मिनेटसम्म घोल्ने ।
- ३ घण्टासम्म गिलासलाई नहल्लाइ राख्ने ।
- बालुवा माथि जमेको माटोजस्तो देखिने पाँगोको तह नाप्ने ।
- पाँगो अर्थात सिल्टको तह ५ मिलिमिटर (२ लाइन) अर्थात ६ देखि १०५ भन्दा बढी हुनुहँुदैन ।
- फलामे डण्डी
- खिया नलागेको । बङ्गयाउँदा नभाँच्चिने ।
- पूरै लम्बाइमा कतै चिरा नपरेको ।
- एकनासको मोटाइ वा व्यास भएको ।
- लचकदार स्टील डण्डीहरुको प्रयोग गर्नुपर्दछ र दुई पटक बङ्ग्याउदा भाँचिने खालको डण्डी प्रयोग गर्नुहुँदैन ।
काठ
- एकनासको सतह भएको,
- सिजनिङ्ग गरिएको काठ प्रयोग गर्ने,
- चुरो काठ प्रयोग गर्ने,
- गाँठो नभएको काठको प्रयोग,
- चिरा अथावा प्वाल नभएको काठ प्रयोग गर्ने,
ढुङ्गा
- सजिलैसँग टुक्रने, हल्का किसिमको ढुङ्गा प्रयोग गर्ने,
- चिरा नपरेको ढुङ्गाको प्रयोग गर्नुपर्छ,
- पाटा मिलेको ढुङ्गाको प्रयोग गर्ने,
- लामो र चेप्टो खालको ढुङ्गाको प्रयोग गर्ने,
- खोलाको गोलाकार चिल्लो खालको ढुङ्गाको प्रयोग गर्ने,
रोडा गिट्टि
- मसिनो, मध्यम, मोटो सबै किसिम मिसाएर बनेको रोडा प्रयोग गर्नुपर्छ ।
- कडा, सफा र सजिलै नखिइने ।
- अन्य वस्तु तथा चिल्लो पदार्थ नभएका ।
- छतको ढलानका लागि प्रयोग गरिने रोडाको साइज २० मिलिमिटर (६ लाइन) र सो भन्दा सानो मिसाएर बनाएका हुनुपर्छ ।
सिमेन्ट
- नेपाल गुणस्तर चिह्न प्राप्त भएको,
- उत्पादन गरेको ३ महिना बढ समय ननाघेको,
- बोरा भित्रको सिमेन्टमा हात हाल्दा तातो हुने,
- हावा नछिर्ने बोरामा बोराम प्याक गरिएको,
- बोरामा प्वाल नपरेको,
- सुख्खा र हावा नबिगार्ने ठाउमा भण्डारण गरिएको र ओसबाट जोगिउको,
- डल्ला नपरेको,
पानी सफा संग्लो हुनु पर्दछ ।
तपाई पनि नयाँ घर बनाउने सोच हुनुहुन्छ भने निशुल्क परामर्शको लागि 9801886644 मा सम्पर्क गर्नसक्नुहुन्छ । साथै बेभसाइटबाट पनि निशुल्क बुक गर्न सक्नु हुनेछ ।