सक्कली र नक्कली पेन्ट कसरी थाहा पाउने ?

घरलाई सुन्दर आकर्षक बनाउनका लागि हामी पेन्ट प्रयोग गर्ने गर्छौ । पेन्टको प्रयोगले घर सुन्दर मात्र नभई भित्ताको सु्रक्षा पनि गर्ने गर्दछ । वास्तुशास्त्रका अनुसार घरको रङ्गले हाम्रो दैनिक व्यवहार र मानसिक शान्तिसँग प्रत्यक्ष सम्बन्ध राख्ने गर्दछ । हामी पेन्ट लगायतका अन्य हार्डवेयर समान आफनो चिनजान भएको हार्डवेयर पसलबाट किन्ने गर्दछौ । चिनजान भएकै कारण हामीलार्ई सक्कली र गुणस्तरीय समान दिन्छ भनी ठान्छौ ।
हामी कतिपय ठाउमा चिनजानकै भरमा ठगीएका पनि हुनछौ । यही कुरा पेन्टको हकमा पनि लागु हुने गर्दछ । नक्कली पेन्टलाई राम्रो नाम चलेको कम्पनीको बट्टामा हालेर बजारमा बेच्ने गरेको पाइन्छ । बजारमा नक्कली तर सक्कली जस्तै दुरुस्त देखिन विभिन्न प्रकारका समानहरु रहेका छन । जसमा कुन सक्कली हो र कुन नक्कली हामीलाई फरक छुटयाउन नै गाह्रो पर्ने गर्दछ ।
बजारबाट सक्कली पेन्ट किन्दा हामी त्यसको वारेन्टी पनि प्राप्त गर्न सक्छौ । पेन्ट कम्पनीले केमिकल कम्पोजिसनमा वारेन्टी क्लेम गर्न सकछौ त्यसको लागि कम्पनीहरुले विभिन्न प्रकार सर्त तोकेको हुन्छ । यदि हाम्रो घरमा नै समस्या भएर पेन्टिङ्गमा समस्या आएको हो भने हाम्ी बारेन्टी प्राप्त गर्न सक्दैनौ अन्यथा कम्पनीले ५ देखि १० बर्ष सम्मको लागि वारेन्टी दिने गर्दछ । जसबाट हामी नक्कली समान किनेर पैसा त गुमाउछौ नै घरको सौन्दर्य पनि गुमाउने गछौ ।
यहा सक्कली र नक्कली पेन्टलाई छुटयाउने केही तरिका दिइएको छ । यसको आधारमा हामी सक्कली र नककली पेन्ट बिच भिन्नता थाहा पाउन सक्छौ ।