Blogs/Current Article

सेवा एपले गर्दै स्टार्ट अप सेमिनार

5 min read
Sewa App

काठमाडौ,

“जे गर्छु नेपालमै गर्छु ” भन्ने मुल नाराको साथ सेवा एपले यहि कार्तिक १९ गते शनिबार बिहान १० बजे स्टार्ट अप सेमिनार गर्ने भएको छ । सेमिनार पुर्ण रुपमा निशुल्क हुनेछ ।  सेमिनार स्किल सेवा प्राइभेट लिमिटेडको सभाहल बबरमहलमा हुनेछ ।


नेपालको सन्दर्भमा स्टार्ट अपको विगतको अवस्था , वर्तमान अवस्था र आगामी भविष्य मुलभुत बिषय रहेका छन । कतिपय मानिसहरु स्र्टाट अप गर्ने सोच, जोस एवं जाँघरको साथमा  हुन्छन तर उनीहरुलाई कम्पनी सुरु गर्नु भन्दा अगाडि आवश्यक पर्ने कानुनी प्रक्रियाका बारेमा अज्ञात हुने गर्दछन । जसले गर्दा उनीहरुले पहिलो गाँसमै ढुङ्गाको अनुभुति गर्ने गर्दछन । यसको लागि आवश्यक कानुनी प्रक्रियाको समग्र जानकारी समेत सेमिनारमा प्रस्तुत गरिेने छ ।


स्र्टाट अप कसरी गर्ने ? कुन क्षेत्रमा गर्ने ? स्टार्ट अपमा कस्ता समस्याहरु आउने गर्दछन ? ती समस्याहरु को समाधान कसरी गर्ने भन्ने कुरा उदाहरण सहित सेमिनारमा प्रस्तुत गरिने छ । स्टार्ट अप कम्पनीहरु स्थापना हुदा सबैले राम्रो गर्दछु, सफल हुन्छु भन्ने सोचका साथ स्थापना गरेका हुन्छन तर सबै कम्पनी सफल हुदैनन तथापि हाम्रो दशेको सन्दर्भमा भने अधिकांश स्टार्र्ट अप कम्पनीहरु असफल नै हुने गरेको देखिन्छ  ।


सफल कम्पनी कसरी सफल भए र असफल कम्पनीहरु कसरी असफल भए भन्ने कुराहरु केस स्टडी माध्यमबाट सहजीकरण गरिने छ । भनिन्छ,योजना मुताबिक कुनै काम सुरु गर्नु भनेको काममा आधा सफलता प्राप्त गर्नु हो । स्टार्ट अप सुरु गर्नु पुर्वका आधारभुत आवश्यकता के—के हुनु ? कुन रणनीति अपनाएको खण्डमा स्र्टाट अप असफल हुन पाउदैन ? कुन व्यवसायको निकट भविष्य उज्जवल छ भन्ने कुरा समेत सेमिनारको बिषय क्षेत्र रहेको छ ।


व्यवसायको सुरुवाती त धेरैले गर्ने गर्दछन तर उनीहरु टिक्न भने सक्दैनन यहि समस्यालाई समाधान गर्ने हेतुले सेमिनार आयोजना गरिने भएको हो ।  विदशबाट फर्केर स्वदेशमै केही गर्छु भन्ने सोच भएका, लगानी गर्न पुजीँ भएका तर अवसर र योजना नभएका र विधार्थी वर्ग एवं व्यवसाय गर्न चाहने अरु सबैले सेमिनारबाट लाभ लिन सक्नेछन । 



Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)