Blogs/Current Article

सिपेजका ६ भ्रम

5 min read
seepage-bhram

सिपेज अर्थात् भित्ता छत रसाउने, पानी चुहिने समस्या प्राय घरमा देखिन्छ। मानिसमा सिपेज सम्बन्धी विभिन्न गलत धारणाहरु पनि छन्। सिपेज भइसकेपछि कतिपयले सामान्य लिन्छन् भने कतिपयलाई रंग लागाएर छोपिन्छ भन्ने भ्रम छ। कतिपय घरधनीहरु भने बजारमा नाम चलेका सिमेन्टले प्लास्टर गर्दा, कोरामसिनो गर्दा सिपेजको समाधान हुन्छ भन्ने भ्रममा छन्। के के छन् त सिपेजका भ्रम?


१. टायल हालेर सिपेज रोकिन्छ

टायल लगाएपछि भइरहेको सिपेज रोकिन्छ भन्ने भ्रम मात्रै हो। टायल हाल्दा केही दिनलाइ रोक्न सकिएला तर यो दिगो समाधान होइन। किनकी पानीको श्रोत बन्द भएको हुँदैन। बरू पानीले टायलको मसलालाई नै ड्यामेज गर्ने र पछि टायल नै उप्किने समस्या देखिन्छ।


२.  टायल हालेर सिपेज हुन्छ

एकातिर सिपेजमा टायल लगाउँदा सिपेज हुन्छ, भन्ने भ्रम छ भने, अर्कोतिर छत वा वाथरूममा टायल लगाउँदा सिपेज हुन्छ भन्ने भ्रम पनि पाइएको छ। वास्तविकतामा भने सिपेज र टायलबीच कुनै पनि सम्बन्ध हुँदैन। किनकी सिपेज पानि र पाइपलाइनको खराबीले हुने समस्या हो।


३.  रंग वा वालपेपर लगाएर सिपेज रोकिन्छ

धेरै जनाले थाहा नपाएर वा नपाए जस्तो गरेर सिपेजको समस्यामा रंग लगाएर छोप्ने प्रयास गरिरहेका हुन्छन्। तर रंग वा वालपेपर लगाएर सिपेज समाधान गर्ने कुरा भ्रम मात्र हुन्। यसरी केहि दिनका मात्र छोप्न सक्ने हो। कसैलाई झुक्याएर घर बेच्ने हो भने मात्र यो उपाए काम लाग्न सक्छ। नत्र रंग वा वालपेपर सिपेजको समाधान होइन। यसरी सही समाधान तिर नलागी समस्या लुकाउन खोज्दा सिपेजले पछि झन अप्ठ्यारोमा पार्ने धेरै उदाहरण छन्। 


४.  सिमेन्टले सिपेज रोकिन्छ

छतबाट पानी चुहिएर भएको सिपेजमा सिमेन्टको घोल हालेर समाधान गर्न खोजिएको उदाहरण हामीले धेरै पाएका हुन्छौं। तर यो भ्रम मात्रै हो। सिपेजको समस्या रोक्न सक्ने कुनै पनि ब्राण्डका सिमेन्ट बजारमा बनेका छनन्। सिपेजलाई विशेष विधिबाट मात्र समाधान गर्न सकिन्छ।


५. बर्खामा मात्र सिपेज हुन्छ

बर्खाको समयमा धेरै पानी परेर घरले थेग्न नसकेर सिपेज भएको धेरैको धारणा हुन्छ। वास्तवमा वर्खाको पानी एउटा कारण हुन सक्छ। तर वर्खामा मात्र सिपेज हुन्छ भन्नु गलत हो। छतमा धेरै पानी जमेर त्यसको ठीक तलका भित्ताहरूमा सिपेज हुनसक्छ। तर वाथरूमका भित्ताबाट पानी रसाएर हुने सिपेज जुनसुकै सिजनमा पनि हुन सक्छ।

 

६, पुराना घरमा मात्र सिपेज हुन्छ

यो सिपेजको अर्को भ्रम हो। राम्रोसँग बनाइएको घर जति पुरानो भएपनि सिपेज नहुन सक्छ। तर लापरवाहीका साथ बनाएको नयाँ घरमा सिपेज नहोला भन्न सकिन्न। यस्ता धेरै उदाहरण हामीले देखेका छौं। तीमध्ये धेरै समस्यालाई स्किल सेवाले समाधान गरीसकेको छ।

Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)