Blogs/Current Article

कस्तो ठाउमा घर नबनाउने ? स्किल सेवा

5 min read
right place for making building

घर बनाउनु भन्दा पहिले हाम्रो मनमा खेल्ने अर्को महत्वपुर्ण विषय भनेको निर्माण स्थलको छनौट पनि हो । कुन ठाउमा घर बनाउने ? घर बनाउने ठाउको माटो परिक्षण गर्ने कि नगर्ने ? कस्तो आकारको बनाउने ? कुन दिशामा मुल ढोका राख्ने ? आदि विविध कुरा आउने गर्दछन । यो स्वभाविक पनि हो तर यसको सही निर्णय लिन नसकेको खण्डमा हामीसँग पछुताउनु बाहेक कुनै विकल्प हुदैन । 



कतिपय समयमा हामी हाम्रो सानो गलत निणर्य ठुलो समस्याको भागेदार हुन पुग्दछौ । त्यसैले घर निर्माण गर्नुपूर्व निर्माण स्थलको छनौट अति आवश्यक हुने गर्दछ । 

निर्माण स्थलको छनौट

हामीले यस्तो ठाउमा घर बनाउनु हुदैन, 


  1. पानी जम्ने स्थानमा,
  2. ढुङ्गा खस्ने स्थानमा,
  3. बाढी पहिरो जान सक्ने स्थानमा,
  4. माटो भरेको वा पुरुवा माटो भएको स्थानमा,
  5. नदीको बगर वा सीमसार क्षेत्रमा,
  6. भौगर्भिक चिरा भएको स्थानमा,
  7. धेरै भिरालो ठाउमा पनि घर बनाउनु हुदैन, 


तपाई पनि नयाँ घर बनाउने सोच हुनुहुन्छ भने निशुल्क परामर्शको लागि 9801886644 मा सम्पर्क गर्नसक्नुहुन्छ । साथै www.skillsewa.com बेभसाइटबाट पनि निशुल्क बुक गर्न सक्नु हुनेछ ।

निर्माण स्थलको माटो परीक्षण 


  1. घरको बाहन क्षमता, नरमता , सुख्खापना जाँच गरे सुरक्षित घरको निर्माण गर्नको लागि माटो परीक्षण गर्न अति आवश्यक हुने गर्दछ । 
  2. माटोको प्रकार थाहा पाउनको लागि निर्माण स्थलको माटो खनेर परीक्षण गर्नु पर्दछ । घर बनाउने स्थानको निम्ति परीक्षणको लागि कम्तीमा दुईवटा खाडल खन्नुपर्दछ । 
  3. उक्त खाडलहरु १ मिटर लम्बाई १ मिटर चौडाई र १ मिटर उचाई खन्ने । खन्दा बाहिर निकालिएको माटोले सोही खाडल पुर्ने । खाडल माटोले नभरिए नरम माटो छ भन्ने बुझ्नु पर्छ । 
  4. ठिक्क भरिएमा मध्यम माटो छ भन्ने सम्झ्नु पर्छ । खाडल भरिएर पनि माटो उब्रियो भने माटो कडा खालको भन्ने बुझ्नु पर्छ ।   


तपाई पनि नयाँ घर बनाउने सोच हुनुहुन्छ भने निशुल्क परामर्शको लागि 9801886644 मा सम्पर्क गर्नसक्नुहुन्छ । साथै www.skillsewa.com बेभसाइटबाट पनि निशुल्क बुक गर्न सक्नु हुनेछ ।

भवनको  नियमित आकार  


  1. साधारण र नियमित आकारको जस्तै वर्गाकार, आयातकार वा वृत्ताकार घर निर्माण गर्नुपर्छ । 
  2. लामो र साँघुरो घर निर्माण गर्नु हुदैन । घरको लम्बाइ चौडाइको तिनगुणा भन्दा बढी हुनु हुदैन ।  त्यस्तै घरको उचाइ चौडाइको तिनगुणा भन्दा बढी हुनु हुदैन । 
  3. असाधारण आकार जस्तैः L, C, T आकारको घर बनाउनु हुदैन, र यदि बनाउनै परेमा ती आकारलाई उपयुक्त ठाउँ छोडी साधारण आकारमा परिवर्तन गर्न सकिन्छ । 
  4. यसरी छुट्याउँदा कति फरकमा छुट्याउने भन्ने कुरा भवनको उँचाईमा भर पर्दछ । एक तलाका लागि २.५ ईन्च, दुई तलाका लागि ५ ईन्च र ३ तलाका लागि ७.५ ईन्च फरकमा राख्नु पर्छ । 
  5. पिलरवाला घरमा कोठाको लामो नाप १४ फिट ९ इन्च भन्दा बढी हुनु हुदैन । 
  6. सिमेन्टको जोडाइमा इँटा र ढुङ्गाको घर दुई तला र त्यस माथिको बुईगल सम्म सीमित राख्नु पर्दछ । 


तपाई पनि नयाँ घर बनाउने सोच हुनुहुन्छ भने निशुल्क परामर्शको लागि 9801886644 मा सम्पर्क गर्नसक्नुहुन्छ । साथै www.skillsewa.com बेभसाइटबाट पनि निशुल्क बुक गर्न सक्नु हुनेछ ।



Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)