Blogs/Current Article

कस्तो ठाउमा घर नबनाउने ? स्किल सेवा

5 min read
right place for making building

घर बनाउनु भन्दा पहिले हाम्रो मनमा खेल्ने अर्को महत्वपुर्ण विषय भनेको निर्माण स्थलको छनौट पनि हो । कुन ठाउमा घर बनाउने ? घर बनाउने ठाउको माटो परिक्षण गर्ने कि नगर्ने ? कस्तो आकारको बनाउने ? कुन दिशामा मुल ढोका राख्ने ? आदि विविध कुरा आउने गर्दछन । यो स्वभाविक पनि हो तर यसको सही निर्णय लिन नसकेको खण्डमा हामीसँग पछुताउनु बाहेक कुनै विकल्प हुदैन ।  कतिपय समयमा हामी हाम्रो सानो गलत निणर्य ठुलो समस्याको भागेदार हुन पुग्दछौ । त्यसैले घर निर्माण गर्नुपूर्व निर्माण स्थलको छनौट अति आवश्यक हुने गर्दछ । 

निर्माण स्थलको छनौट

हामीले यस्तो ठाउमा घर बनाउनु हुदैन, 


  1. पानी जम्ने स्थानम ।
  2. ढुङ्गा खस्ने स्थानमा ।
  3. बाढी पहिरो जान सक्ने स्थानमा ।
  4. माटो भरेको वा पुरुवा माटो भएको स्थानमा ।
  5. नदीको बगर वा सीमसार क्षेत्रमा ।
  6. भौगर्भिक चिरा भएको स्थानमा ।
  7. धेरै भिरालो ठाउमा पनि घर बनाउनु हुदैन ।



निर्माण स्थलको माटो परीक्षण 


  1. घरको बाहन क्षमता, नरमता , सुख्खापना जाँच गरे सुरक्षित घरको निर्माण गर्नको लागि माटो परीक्षण गर्न अति आवश्यक हुने गर्दछ । 
  2. माटोको प्रकार थाहा पाउनको लागि निर्माण स्थलको माटो खनेर परीक्षण गर्नु पर्दछ । घर बनाउने स्थानको निम्ति परीक्षणको लागि कम्तीमा दुईवटा खाडल खन्नुपर्दछ । 
  3. उक्त खाडलहरु १ मिटर लम्बाई १ मिटर चौडाई र १ मिटर उचाई खन्ने । खन्दा बाहिर निकालिएको माटोले सोही खाडल पुर्ने । खाडल माटोले नभरिए नरम माटो छ भन्ने बुझ्नु पर्छ । 
  4. ठिक्क भरिएमा मध्यम माटो छ भन्ने सम्झ्नु पर्छ । खाडल भरिएर पनि माटो उब्रियो भने माटो कडा खालको भन्ने बुझ्नु पर्छ ।   


भवनको  नियमित आकार  


  1. साधारण र नियमित आकारको जस्तै वर्गाकार, आयातकार वा वृत्ताकार घर निर्माण गर्नुपर्छ । 
  2. लामो र साँघुरो घर निर्माण गर्नु हुदैन । घरको लम्बाइ चौडाइको तिनगुणा भन्दा बढी हुनु हुदैन ।  त्यस्तै घरको उचाइ चौडाइको तिनगुणा भन्दा बढी हुनु हुदैन । 
  3. असाधारण आकार जस्तैः L, C, T आकारको घर बनाउनु हुदैन, र यदि बनाउनै परेमा ती आकारलाई उपयुक्त ठाउँ छोडी साधारण आकारमा परिवर्तन गर्न सकिन्छ । 
  4. यसरी छुट्याउँदा कति फरकमा छुट्याउने भन्ने कुरा भवनको उँचाईमा भर पर्दछ । एक तलाका लागि २.५ ईन्च, दुई तलाका लागि ५ ईन्च र ३ तलाका लागि ७.५ ईन्च फरकमा राख्नु पर्छ । 
  5. पिलरवाला घरमा कोठाको लामो नाप १४ फिट ९ इन्च भन्दा बढी हुनु हुदैन । 
  6. सिमेन्टको जोडाइमा इँटा र ढुङ्गाको घर दुई तला र त्यस माथिको बुईगल सम्म सीमित राख्नु पर्दछ । 
Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)