तपाइले घर बनाउदा यो कुरा मा ध्यान दिनु होला _

Honey Comb
Honeycomb भन्नाले concrete को surface वा भित्र हुने खाली space लाई बुझीन्छ | यो हेर्दा मौरीको चाका जस्तै दौखिन्छ | राम्रो संग vibration नलगाउदा , concrete को कार्यक्षमता राम्रो नहुदा यस्तो देखिन्छ |
बाहिर आएको Honey Comb त खुल्ला आखा ले सजिलै फर्ममा खोल्न साथ देख्न सकिन्छ तर भित्र आउने Honey comb लाई भने नयाँ प्रबिधि ultrasonic testing ले मात्र पत्ता लगाउन सकिन्छ |
Honey comb ले गर्ने असर हरु :-
concrete compact भएर बसे पछि बल्ल त्यसैले compressive strength दिन्छ तर concrete compact हुनु को साट्टो त्यसमा void आइदिदा त्यसैले दिनु पर्ने strength दिदैन र Honeycomb आको point लाई चाँहि building को weak point बनाई building को load bearing capacity लाई नि घटाउछ | त्यसैगरी Honey comb ले गर्दा building मा भएको डण्डी लाई बाहिरी प्रभाब संग नि exposed गराउछ जसले गर्दा भित्र भएको डण्डीमा खिया लाग्छ र डण्डी को tensile strength लाई घटाई building को जिबन काल घटाउछ | अंतत building नै collapse हुने चान्स पनि हुन्छ |
HoneyComb आउन नदिन के गर्नु पर्छ?
१.column र Beam को junction मा प्रयोग गरिने गिट्टी को साइज २०mm भन्दा कम हुनु पर्छ जसले गर्दा सबै भाग मा concrete पुग्न सकोस |
२.concrete mix गर्दा प्रयाप्त मात्रा ( चाहिने जत्ति ) पानि र cement हाल्न जरुरि छ ताकी concrete cohesive (एक अर्का संग जोडिएरा बस्ने) होस् |
३.columns र beam को ढलान गर्दा vibrator मा 25mm को needle राखेर प्रयोग गर्नुपर्ने हुन्छ किनकि धर्रै vibration गर्नाले concrete बाट bleeding हुन गइ honeycomb आउछ|
४.concrete mix गर्दा वा हाल्दा concrete को slump मा ध्यान दिनु पर्ने पर्छ concrete धेरै सुख्खा पनि हुनु भएन धरै गिलो पनि हुनु भएन | normally slum value 150 हुनु पर्छ |
५.फर्मा leak proof हुन जरुरl छ ताकी कत्तैबाट पनि concrete bleed नहोस् र concrete लाई धान्ने हुनु पर्छ |
यदि honey comb आएमा के गर्ने ?
concrete मा honeycomb आउनु भनेको निकै नै serious कुरा हो | यदि बेलैमा राम्रो ऊपचार गरेनौ भने यसले घर मा ठुलो क्षती पुर्याउछ | concrete मा honeycomb देखियो भने cement paste ले टालेर लुकाउनु हुदैन, यसरी समस्याको हल हुदैन | यसको लागि तपाइले यसै साम्बन्धी काम गर्नु हुने बिशेषज्ञसंग सल्लाह लिन सक्नु हुन्छ यदि यस्तो गर्न सकिदैन भने honey comb आको भाग लाई फूटाएर adhesive chemical प्रयोग गरि pressure grout गर्न सकिन्छ |
