Blogs/Current Article

घर किन्नुभन्दा अघि आफ्नै आँखाले हेर्नुपर्ने ७ कुराहरु

5 min read
home-inspection-before-buying



हामी जिन्दगीमा एक पटक घर बनाउँछौँ । धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु विदेशमा गएर दुःख गरेर पैसा कमाउनुहुन्छ । र आफूले गरेको श्रमको पैसाले आफ्नो जहान परिवारलाई एउटा राम्रो घर किन्नुहुन्छ वा बनाउनुहुन्छ । बजारमा मन्दी छाएको समयमा विशेष गरी घर बनाउनुभन्दा घर किन्दा सस्तो पर्छ । तर यसरी किनेको घर कति बलियो छ, त्यसमा के समस्या छन् भन्ने कुरा जान्नु आवश्यक छ । नहेरिकन घर किनेमा घरमा भएको स्ट्रक्चरल समस्या, सिपेज समस्याले तपाईँलाई पछि सम्म दुःख दिइरहन सक्छ । तपाईले किन्न लागेको घरमा आफ्नै आँखाले हेरेर पत्ता लगाउन सकिने ७ कुराहरु यस प्रकार छन् ।

१. पेन्ट नयाँ छ कि छैन चेक गर्ने ।


घर बेच्ने व्यक्तिले घरमा भएको विभिन्न ड्यामेजहरु छोप्नको लागि पेन्ट लगाएको हुनसक्छ । पेन्ट गरेर केही समयका लागि वाल सिपेज प्लाष्टर क्रयाक ढलान सिपेज बाथरुम सिपेज वा ढलान क्रयाक आदि कुराहरुलाई केही समयका लागि छोप्न सकिन्छ । ढलान क्रयाक छोप्नका लागि प्लाष्टर गर्ने वा पुटिन लगाउने पनि गरिन्छ । यी कुराहरु छोपिएको वा नछोपिएको हेर्नुपर्छ ।

. घर नजिकै रहेको चिया पसल र अन्य जमघटका ठाउँहरुमा घरको विषयमा सोध्ने 

घर नजिकैका चिया पसल, किराना पसल, होटल, भट्टी लगायतका क्षेत्रहरुमा मानिसहरुको जमघट भइरहेको हुन्छ । नेपालका धेरै व्यक्तिहरु घर जग्गा क्षेत्रमा ‌ओपचारिक वा अनौपचारिक रुपमा सहभागी भइरहेका हुन्छन् र आफू नजिकै बिक्रीमा रहेको घर एउटा चर्चाको विषय बन्ने गर्छ । त्यहाँ बिक्रीमा रहेका घरमा काम गर्ने प्लम्बर इलेक्टिसियनहरु लगायत विभिन्न व्यक्तिहरु आइरहेका हुन्छन् । त्यहाँ घरमा भएको समस्याहरुको विषयमा अनौपचारिक रुपमा विभिन्न कुराहरु गर्न सकिन्छ ।

. घरधनीको व्यवसायिक पृष्ठभूमि चेक गर्ने 

घर किन्दा घरधनीको व्यवसायिक पृष्ठभूमि पनि चेक गर्न आवश्यक हुन्छ । प्रायः कर्मचारी शिक्षक आर्मी प्रहरी लगायतका पेसामा रहेका व्यक्तिहरुले आफू बस्नैका लागि ए क्लास इटा, ढलानका लागि ओ.पि.सी सिमेन्ट, प्लाष्टरका लागि नदीको मसिनो धोएर चालेको बालुवा प्रयोग गरेका हुन्छन् । तर घर बनाएर बेच्ने पेसामै लागेका व्यक्तिहरुले रेसियो नमिलेको कमसल मसला प्रयोग गरेर वाल लगाएका र प्लाष्टर गरेका हुन्छन् । यसरी बनेको घर भूकम्पीय भार बहन गर्न असमर्थ हुन्छ । त्यस्तै सिभिल इन्जिनियरिङ ट्रम बुझेका व्यक्तिले आफैँ बस्नका लागि बनाएका तर व्यवहारले च्याँपेर बेच्न लागेको घर किन्नु नै सबैभन्दा सस्तो र किफायती हुन जान्छ ।

. घर जग्गाको अत्यधिक कारोबार हुने क्षेत्रमा थप सतर्कता अपनाउने 

नगर विकासका क्रममा कुनै विशेष क्षेत्रहरु अन्य क्षेत्रभन्दा बढी विकसित हुन्छन् । ढल निकास राम्रो सङ्ग प्लानिङ भएका, सबैतिर प्रेसर पुग्नेगरी व्यवस्थापन गरिएको पानीको पाइपलाइन भएका, उचाइमा रहेर बस्ती डुबानमा नरहेको, पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुमा घरजग्गा कारोबार विशेष रुपमा फस्टाउने गरेको पाइन्छ । यस्ता क्षेत्रहरुमा विशेषगरी घर बनाएर बेच्ने चलन अत्यधिक रुपमा पाइन्छ । यसरी व्यक्तिले घर बनाएर बेच्दा गुणस्तरीयता ध्यान दिएको पाइँदैन । त्यसैले घर जग्गाको अत्यधिक कारोबार हुने क्षेत्रमा घर बनाएर बेच्दा थप सतर्कता अपनाउनु राम्रो हुन्छ ।

. आउटर वालको साइज चेक गर्ने 


 

घर किन्दा आउटर वाल चेक गर्नु पनि आवश्यक हुन्छ । बेच्नकै लागि बनाइएका घरहरुमा कतै कतै ९ इन्च लगाइनु पर्ने आउटर वाल ४ इन्च मात्र लगाइएको पनि पाइन्छ । त्यस्तै प्यारापेट वाल पनि ९ इन्चको लगाइएको घरलाई सुरक्षाको हिसाबले मजबुत मानिन्छ । ४ इन्जको आउटर वाल लगाएको घरमा बाहिरको चर्को आवाज भित्र प्रवेश गरी घरलाई नै अशान्त बनाउँछ भने भूकम्पमा दायाँबायाँ मुभमेन्ट हुँदा भत्किने र डायगोनल क्रयाक आउने सम्भावना पनि बढी हुन्छ ।

 

. झ्याल ढोकामा प्रयोग भएको मटेरियल चेक गर्ने


कुनै पनि घर किन्ने कि नकिन्ने कुरामा विचार गर्दा झ्याल र ढोकालाई विशेष विचार गर्नुपर्छ । स्ट्रक्चरल्ली कुराकानी गर्दा पिलरमा टाँसिएको झ्याल भन्दा वालको बीचमा रहेको झ्याल भएको घरमा लोड ट्रान्सफर राम्रोसङ्ग भइरहेको हुन्छ । मटेरियलको कुरा गर्दा आजभोलि यूपिभीसीका सस्ता झ्याल ढोका प्रयोग भएको हुन्छ । घरको प्रस्तावित मूल्यमा कति डिस्काउन्ट माग्ने भन्ने कुरामा झ्याल र ढोकामा प्रयोग भएको सामग्रीले महत्वपूर्ण भूमिका खेल्छ । काठ प्रयोग भएको र विक्रीमा रहेको नयाँ घरमा तपाईँले पुरानो काठ प्रयोग भयो कि नयाँ काठ प्रयोग भयो भन्ने कुरामा विचार गर्नुपर्छ । पुरानो काठ सुकिसकेको हुन्छ भने नयाँ काठ ओसिलो भएर पछि सुक्न गएर क्रयाक आउन थाल्छ । त्यसैगरी काठहरू पेन्टिङ नभएको भएमा काठमा दागहरु छ कि छैन विचार गर्नुपर्छ । दाग नभएको काठबाट बनेको झ्याल ढोका मजबुत हुन्छ र किरा लाग्ने सम्भावना कम हुन्छ । कुनै कुनै घरमा सिन्थेटिक ढोका भनेर पेपरबाट बनेका कमसल ढोका राखिएका हुन्छन् । यो कुरालाई पनि रुजु गरेर अगाडी बढ्नुपर्ने हुन्छ ।

७. अन्डर फिनिस्ड तार र पाइपहरु चेक गर्ने

घरमा रहेको अन्डर फिनिस्ड तार र पाइपहरु पनि चेक गर्नु बुद्धिमानी हुन्छ । लगभग २० वर्ष भन्दा पुराना घरहरुमा जी आइ पाइपको प्रयोग गरिएको हुन्थ्यो । त्यसबाट खिया लाग्ने लगायतका विविध समस्याहरु आएर घरका धाराहरुमा पानीको गुणस्तरलाई खराब गराइराखेको हुन्छ । त्यसैगरी घरमा प्रयोग भएको तारको रेटिङ्हरु पनि हेरेर निर्णय गर्न सकिन्छ । जस्तै ७/२० को तारभन्दा ७/२२ को तारको रेटिङ कम हुन्छ र कम करेन्ट पास हुन्छ । यी कुराहरु विचार गरेर निर्णय गर्नु राम्रो हुन्छ ।

स्कीलसेवाले विगत ४ वर्षदेखि घर इन्सपेक्सन रिनोभेसन रिमोडलिङ सिपेज इन्सपेक्सन र कन्सट्रक्सन सेवा प्रदान गर्दै आएको छ । कुनै घर किन्ने वा नकिन्ने विचार गर्नको लागि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)