Blogs/Current Article

वासिंग मेसिन कस्तो ठाउमा राख्ने ?

5 min read
machine

बेसिन मुनि

लुगा धुने मेसिन राख्नको लागि सबैभन्दा उपयुक्त ठाउँ हो बाथरूम । बाथरूम मा पहिले नै  प्लम्बिङ र बिजुली बिन्दुहरू जडान हुने भएकाले यदि तपाईंसँग वासिंग मेसिन छ भने यसलाई एक छेउमा वाशबेसिन काउन्टरमुनि राख्नसक्नु हुनेछ । जसले गर्दा तपाई आफुलाई सरल पर्ने गरी त्यसको प्रयोग गर्न सक्नु हुनेछ ।  


सावर नजिक


यदि तपाईंसँग वासर र ड्रायर दुबै छ भने, मेसिनहरू राख्नको लागि सावरलाई पार्टेसन गरि त्यहाँबाट थोरै ठाउँ निकालेर त्यसमा वासिंग मेसिन राख्न सकिन्छ र त्यसमाथि केही भाग थपेर धेरै समान भण्डारण गर्न सकिन्छ।    



किचन काउन्टर मुनि


सानो बाथरूम भएको अपार्टमेन्टका मानिसहरूको लागि किचन काउन्टर मुनि वासिंग  मेसिन एक उत्कृष्ट विकल्प हो । यसो गर्नाले सानो ठाउमा पानी धेरै समानहरु मिलाएर राख्न सकिन्छ। 


सिँढी मुनि



वालमा निर्माण उपकरणहरू जडान नगरिएको ठाउँमा वासिंग मेसिन र ड्रायरलाई राख्न सकिन्छ । विशेष गरी यदि तपाईंसँग लुगा धुनको छुट्टै कोठा छैन भने या घरमा ठाउँ या स्पेस सानो छ भने सिढी मुनि वासिंग मेसिन राख्न सकिन्छ । 

हलवे मा



धेरै घर या अपार्टमेन्टहरू लामो हलवे राखिएको हुन्छ । यो वाशिंग मेसिनको लागि छोडिएको ठाउँ नभए तापनि हामी आफनो आवश्यकता अनुरुप व्यवस्थित ढङ्गले वासिङ्गमेसिन राख्न सक्छौ ।


के वाशिंग मेसिन जुनसुकै ठाउमा पनि राख्न सकिन्छ ?


यदि तपाईंसँग व्यवस्थित प्लम्बिङ छैन वा प्लम्बिङ बिना नयाँ स्थानमा वाशिङ मेसिन राख्दै हुनुहुन्छ भने व्यवस्थित ढङ्गले प्लम्बिङ्ग गरेर मेसिन राख्न सक्छौ । तर जँहा मन लाग्यो त्यही राखेको खण्डमा बिग्रने, बच्चाहरुले चलाईदिने आदि जस्ता समस्याहरु ह्ुन सक्छन । साथै यो दुर्घटनाको कारण पनि बन्न सक्छ ।


के टाइलहरू माथि वाशिंग मेसिन राख्नसकिन्छ ??


वासिंग मेसिन भनेको एक बिधुतिय उपकरण हो र यो मेसिन चलाउदा भाइब्रेट हुने गर्दछ । त्यसकारणले गर्दा भाइब्रेट हुदा टायलहरु फुट्ने,चर्कने जस्ता समस्याहरु आउन सक्छन । चर्केको र फुटेको टायलको बाट पानी चुहिदा सिपेज हुने समस्या आउन सक्दछ । त्यसकारणले गर्दा बाथरूम मा या वासिंग मेसिन राखेको ठाउमा बजारमा पाइने लोकल टायल हरु राख्नु हुदैन । 


वासिंग मेसिन राखेको ठाउमा र बाथरूम मा सेरामिक या पोर्सेलिन टायलहरु प्रयोग गर्नु पर्दछ । सिरेमिक र पोर्सिलेन टाइलहरूले क्लासिक हुनुका साथै तिनीहरू टिकाऊ, सफा गर्न सजिलो र राम्रोसँग स्थापना भएमा वाटर पु्रफ हुन्छन । ब्लीच वा केमिकल आधारित उत्पादनहरूले टाइल यसको लागि उपयुक्त हुदैनन । वासिंग मेसिन बिधुतिय एक उपकरण भएकाले पावर सकेट हुन आवश्यक हुन्छ । साथै मेसिनसँग लाईन जोडदा पुरानो, नाङ्गो तार प्रयोग गर्नु हुदैन । 



Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)