वास्तु शास्त्र अनुसार घर निर्माण, जान्नुहोस कुन दिशामा के हुनुपर्छ ?

दिशाहरुको बारेको ज्ञानलाई वास्तुशास्त्र भनिन्छ । हामी वास्तुशास्त्रमा आधारित भएर घर निर्माण र घरको इन्टेरियर डिजाइन गर्ने गर्दछौ । वास्तुशास्त्र अनुसार घर निर्माण गर्दा परिवामा सुख, शान्ति र सम्वृद्धि हुन्छ भन्ने मान्यता रहेको छ ।
वास्तुशास्त्रमा विभिन्न ८ दिशा हुने गर्दछन । भवन निर्माण गर्नमा यिनै आठ दिशाकोे महत्पुर्ण भुमिका हुने गर्दछ । यी आठवटा दिशाहरुमा पञ्चतत्व हुने गर्दछ ।
कुन दिशाको के महत्व हुन्छ ?
उत्तर दिशा
यो दिशा झयाल र ढोका राख्नको लागि उत्तम मानिने गरिन्छ । हामी उत्तर दिशामा घरको बालकनी, वास बेसिन राख्न सक्छौ । यदि उत्तर दिशामा वास्तुदोष भयो भने धन खर्च, करियरमा बाधा आउने गर्दछन । यो दिशामा जमिन होचो हुनु वास्तुशास्त्रमा राम्रो मान्ने गरिन्छ ।
दक्षिण दिशा
दक्षिण दिशामा घरको मुलभार राख्दा घरमा शान्ति, सुख र सम्वृद्धि छाउने गर्दछ । आफनो ढुकुटी अर्थात् धनमाल यस दिशामा राख्नले धनवृद्धि हुने गर्दछ । यो दिशामा शौचालय हुनु हुदैन ।
पूर्व दिशा
पूर्व दिशा सूर्य भगवानको दिशा हो । यस दिशामा सकारात्मक उर्जा हुने गर्दछ । दीर्घ आयु, सन्तान सुखको लागि घरको प्रवेशद्धार यो दिशामा राखिनु उचित मानिन्छ । पढाईको लागि पनि पूर्व दिशा उपयुक्त मान्ने गरिन्छ । यो दिशामा ढोकामा मंगलकारी तोरण लगाउनु शुभ मान्ने गरिन्छ ।
पश्चिम दिशा
पश्चिम दिशाको भूमि तुपनात्मक रुपमा उच्चो हुनु तपाईको सफलता र कीर्तिको लागि शुम मानिन्छ । तपाईको भान्सा वा शौचगृह पश्चिम दिशामा हुनु पर्दछ ।
उत्तर–पूर्वी दिशा
‘ईशान दिशा’ को नामले चिनिने उत्तर—पूर्वी दिशा ‘जल’ को दिशाको नामले चिनिन्छ । यो दिशामा बोरिंग, स्वीमिंग पूल, पूजास्थल आदि हुनु अत्यावश्यक मानिन्छ । घरको मुख्यद्धार यो दिशामा हुनु वास्तुको दृष्टिकोणले शुभ मान्ने गरिन्छ ।
उत्तर–पश्चिम दिशा
उत्तर–पश्चिम दिशालाई वायुको दिशाको नामले चिन्ने गरिन्छ । यो दिशामा बेडरुम, ग्यारेज, गौशाला आदि बनाउनु अत्यावश्यक मान्ने गरिन्छ ।
दक्षिण–पूर्वी दिशा
दक्षिण–पूर्वी दिशालाई अग्नीको दिशाको नामले पनि चिन्ने गरिन्छ । यो दिशालाई आग्नेय दिशा पनि भनिन्छ । यो दिशामा ग्यास, ट्रान्सफर्मर, इन्भटर राख्न उपयुक्त हुने गर्दछ ।
दक्षिण–पश्चिम दिशा
यो दिशामा खुलापना अर्थात् झयाल, ढोका राख्नु हुदैन । क्यास काउन्टर, मशीन आदि यस दिशामा राख्न सकिन्छ ।
प्राचीन समयमा गृहनिर्माण कार्य वास्तुशास्त्र आधारित हुने गर्दथ्यो । जसको कारण घरमा धनधान्य र खुसियाली आउने गर्दथ्यो । जसको कारण परेशानी चिन्ता कम भई मानिसहरु पारिवारिक खुसीयालीमा रमाउथे ।
वास्तुशास्त्रले हाम्रो जीवनमा सकारात्मक र नकारात्मक असर पर्ने गर्दछ र हामी कसरी वास्तुको उपयोग गर्दछौ भन्ने कुरामा निर्भर पर्ने गर्दछ । हाम्रो व्यवहार र कार्यशैलमा पनि वास्तुशास्त्रको प्रभाव पर्ने गर्दछ ।
तपाई पनि नयाँ घर बनाउने सोच हुनुहुन्छ भने निशुल्क परामर्शको लागि 9801886644 मा सम्पर्क गर्नसक्नुहुन्छ । साथै बेभसाइटबाट पनि निशुल्क बुक गर्न सक्नु हुनेछ ।