• 37

Waterproof failing

हामी कत्तिले सुनेको र भोगेको छौ होला |waterproofing गर्याैँ तर पनि समस्या हल भएन भनेर यस्तो किन हुन्छ ?

 

 १.स्रोत पत्ता नलगाई काम गर्दा

Seepage को स्रोत सधै दाग देिखएको वरिपरी हुन्छ भन्ने हुदैन | कुनै बस्तुमा पानि पसी सके पछि पानिको बहाब जुनसुकै  दिशामा हुनसक्छ | स्रोत seepage देखिएको ठाउँ नभई अन्य कुनै ठाउँ बाट उत्पन्न भएको हुन सक्छ | त्यसैले यसको निकै ध्यान पूर्बक inspection गरि मूल स्रोत पत्ता लगाउनु पर्छ| विभिन्न स्रोत बाट जम्मा पारीएको data को आधारमा निस्कर्ष निकालेर त्यसै अनुसारको समान र प्रक्रिया अपनाएर  treatment गर्नु पर्छ |स्रोत पत्ता लगाउने क्रममा सानो त्रुटिले पनि waterproofing fail हुन्छ |

 

 

२.गलत waterproofing सामग्री को छनौट

गलत सामग्रीको छनौटले पनि treatment fail हुने गर्छ | बजारमा थुप्रै किसिमका waterproofing chemical पाईन्छ | यदपी सबैको आफ्नो आफ्नो विशिष्ट case मा प्रयोग गर्न बनाइएको हुन्छ |जब waterproofing chemical गलत ठाउँ , र गलत तरिकाले प्रयोग हुन्छ  ढिलो चाडो त्यो fail हुन्छ | ठुलो भवनमा बनाइने expansion joints वा २ वटा घर जोडिएको छ भने त्यस्तो ठाउँको ग्याप भर्न प्रयोग गरिने waterproofing को सामग्री चाहि flexible हुनुपर्यो ताकी कुनै भवनको movement हुदा waterproofing सामग्री पनि त्यहि संगै move हुनसकोस| हो यसतो सामग्री प्रयोग गर्नु पर्ने ठाउँ मा कुन्नी rigid (कडा / दह्राे ) बस्तु प्रयोग ग¥यो भने पनि waterproofing fail हुन्छ |

 

३. ऊचित तयारी बिना नै काम थाल्नु

waterproofing treatment गर्नु आघि treatment गर्न लागेको सतह सफा हुनुपर्छ त्यसमा कुनै प्रकारको धुलो, पुरानो chemical केही हुनु हुदैन यदि कुनै सतह मा सफा नगरी treatment गर्दा waterproofing ले  सतह संग राम्रो पकड लिदैन र fail हुन जान्छ | कत्तिले काम सकाउने हतार मा surface सफा नगरी treatment गर्दिन्छन् जसले गर्दा seepage को समस्या waterproofing पछि पनि देखिन्छ |

 

४.असंगत सामग्रीको प्रयोग(use of incompatible materials )

waterproofing लाई असरदार बनाउन विभिन्न एकीकृत प्रणाली र सामान प्रयोग गरिन्छ | त्यो oil based ,solvent base वा water soluble (पानीमा घुल्ने ) हुनसक्छ | यी सबै  एकअर्कासंग मिल्छ भन्ने हुदैन | कहिले काहिँ निश्चित सामग्री चाहि अवस्था हेरी आगाडी वा पछाडी पारेर प्रयोग गर्नु पर्ने हुन्छ | निश्चित Polymerize वा rubberized बस्तु संग टारले राम्रो पकड बनाउदैन त्यसैले यस्तो सामग्री एकै साथ प्रयोग गर्दा पनि waterproofing fail हुन्छ |

 

५.ठेकेदार / ईञ्जिनियर / घर धनि  द्वारा अनुचित सुपरीवेक्षण( supervision )

हाम्रो समाज मा अझै पनि repair को काममा engineer लगाउने गर्दैनन् र लोकल ठेकदार लाई जिम्मा दिइन्छ| घर बनाउदा जति supervision  चाहिन्छ त्यति नै repair गर्दा पनि चाहिन्छ | काम गर्ने तरिका भयो ,भएन,कस्तो काम भैरहेको  छ भन्ने कुरामा घर धनीले पनि ध्यान पुर्याउन जरुरी  छ | supervision नराम्रो हुनासाथ waterproofing गर्ने तरिका मा फरक आउछ जसले गर्दा waterproofing लामो समय सम्म टिक्दैन |

 

 

clock-icon 2 months ago

leave a comment