Blogs/Current Article

आफ्नो घर महङ्गोमा बेच्ने तरिका

5 min read
आफ्नो घर महङ्गोमा बेच्ने तरिका

हामी मध्ये जसको एउटा मात्र घर छ उसको लागि त घर एउटा बास बस्न चाहिने अनिवार्य आवश्यकता हो । तर कतिपय व्यक्तिलाई घर जग्गा भनेको एउटा व्यवसाय पनि हो । व्यवसायमा थोरै पैसा लगानी गरिन्छ मेहेनत मिसाइन्छ अनि महङ्गोमा घर बेचिन्छ । यसरी घर बेच्दा तपाईँलाई धेरै पैसामा बेच्नलाई विभिन्न उपाय लगाउनुपर्ने हुन्छ ।

घर जग्गा नेपालमा सबैभन्दा फस्टाएको व्यवसाय भएकाले घरको भाउ सुरुमा त बढी हुन्छ तर घरको भाउ समय बित्न थालेपछि घट्दै जान थाल्छ । तपाईँले यी उपाय अपनाउनु भयो भने आफ्नो घरलाई राम्रो मूल्यमा बेचेर राम्रो नाफा कमाउन सक्नुहुनेछ ।

घरलाई सही कलर कम्बिनेशन सहित रङरोगन

घरलाई सरसफाइ र रङरोगन गर्नाले तपाईँको घर जग्गाको भाउ बढ्न जान्छ । यसरी रङरोगन गरिसकेपछि तपाईँको घरलाई हेर्ने दृष्टिकोण फरक पर्न थाल्छ । रङ उडेको खुइलिएको सही कलर कम्बिनेशन नभएको घरमा ग्राहक वर्गको आँखा जाँदैन तर सही कम्बिनेशन भएको घरमा ग्राहक वर्गको आकर्षण सजिलै हुन्छ । घरमा कलर कम्बिनेशन मिल्यो भने तपाईँको घर आकर्षक देखिन थाल्छ भने ग्राहक वर्ग महङ्गो मूल्य तिर्नको लागि पनि तयार हुनेछन् ।

घरको सिपेज र क्रयाकको समस्या समाधान

घरको सिपेज र क्रयाकको समस्या समाधान भएको छैन भने तपाईँको घर कुनै पनि हालतमा आकर्षक देखिँदैन । घरको सिपेज भनेको एउटा हेर्दा नराम्रो हुने असर मात्र नभएर घरकै रोग हो । सिपेजको समस्याले दीर्घकालमा त्यस घरमा बस्ने मानिसहरुलाई नै रोगी पनि बनाउन सक्छ । सिपेज भएको भित्ता चिसो रङ उडेको खुइलिएको देखिन्छ र तपाईँको घर बनाउँदा धेरै लापरवाही भएको हुनसक्छ भन्ने परिचय दिने खालको अवस्था पनि हुन्छ । यसले तपाईँको घरको भ्यालु नराम्ररी घटाउँछ ।

 त्यस्तै क्रयाकले पनि तपाईँको घर कमजोर छ भन्ने जनाउँछ । तपाईँको घरमा साधारण क्रयाक मात्र छ भने पनि तपाईँको ग्राहकले त्यस घरमा स्ट्रक्चरल क्रयाक भएजसरी नै ट्रिटमेन्ट गर्न सक्छ । यस्तो अवस्थामा तपाईँलाई घर बेच्नलाई नै एकदम गाह्रो हुन सक्छ ।

त्यसैले घर बेच्नुअगाडी सिपेज र क्रयाकको समस्यालाई जरैदेखि समाधान गरिहाल्नुपर्छ ।

घरको रिनोभेसन

घरलाई महङ्गो मूल्यमा बेच्नको लागि ध्यान दिनुपर्ने अर्को कुरा भनेको घरलाई उपयुक्त ढङ्गबाट रिनोभेसन गर्ने हो । रिनोभेसन अन्तर्गत मोडुलर किचन घरको कोठालाई थप उज्यालो बनाउने कोठाको लुक्स चेन्ज गर्ने आदि कुराहरु पर्दछन् । मोडुलर किचन भएको घरले ग्राहकलाई मोडुलर किचन नभएको घरभन्दा बढी आकर्षण दिन सक्छ र ग्राहकहरुले महङ्गो मूल्य हाल्नलाई पनि लालायित बन्न सक्छन् ।

घरको सरसफाई

घरलाई महङ्गो मूल्यमा बेच्नको लागि घरको सरसफाईमा ध्यान पनि दिनुपर्छ । जमेको लेउले घरको ल्याण्डस्केपिङमा असर गरी घरको सुन्दरता विगारिरहेको हुन सक्छ । घरको छतहरुमा सिपेज भएको छ वा टायल नलगाई चिपिङ वा कोरा मात्र गरेर छोडिएको छ भने पनि त्यस्तो ठाउँमा लेउ जमेको हुन सक्छ । घर हेर्न आउने ग्राहकलाई यस्तो समस्या देख्दाखेरि घरको मूल्य घटाउने राम्रो बाहना प्राप्त हुन जान्छ ।

घरको वास्तु सम्बन्धि समस्याको उपचार

घर बनाउँदा कन्सल्टेण्टको वास्तुको ज्ञानमा कमी हुने कारणले अधिकांश घरहरु वास्तु अनुसार निर्माण गरिएका हुँदैनन् । नेपालमा पनि अधिकांश घरहरु वास्तु नमिलेका छन् । वास्तु नमिलेका घरहरूमा बस्दाखेरि घरमा अशान्ति हुने झैझगडा हुने आर्थिक र सामाजिक प्रगति नहुने जस्ता समस्याहरु देखा पर्दछ । वास्तु दोष निवारणको लागि घरको डिजाइन र लुक्स चेन्ज गर्नेतिर लाग्दा धेरै पैसा खर्च हुन्छ र तपाईँलाई त्यसले फाइदा गर्दैन । तर तपाईँले वास्तु निवारणको उपाय गर्नुभयो भने वास्तुको समस्या थोरै पैसामा समाधान हुन्छ भने तपाईँको घर किन्ने ग्राहकलाई वास्तु सम्बन्धी दोषबाट पीडित भइन्छ कि भन्ने डर हुँदैन ।

इन्टेरियरलाई रिडिजाइन गर्ने

घरको मूल्य त्यसको स्ट्रक्चरबाट नभइ त्यसको इन्टेरियरबाट ज्यादा प्रभावित हुन्छ । घरको स्ट्रक्चर हेर्ने व्यवस्थित होम इन्सपेक्टरहरु नेपालमा धेरै कम छन् र धेरै मानिसहरुलाई यो विषयमा थाहा नै छैन । त्यसैले नेपालमा घरको स्ट्रक्चर भन्दा इन्टेरियरबाट घरको मूल्याङ्कन गर्ने चलन चलिरहेको हो । थोरै पैसामा पनि तपाईँको घरको इन्टेरियरलाई नयाँ लुक्स दिन सकिन्छ र यसरी तपाईँको घरको धेरै मूल्य बढ्न जान्छ । तपाईँले आधुनिक लुक्स परम्परागत लुक्स नेवारी शैलीको लुक्स आदि विभिन्न खालका लुक्स दिन सक्नुहुन्छ । यसरी लुक्स दिएको घर तपाईँले सोचेभन्दा कयौँ लाख बढी रुपैयाँमा मूल्याङ्कन तथा बिक्री हुन सक्छ ।

घरमा अत्याधुनिक प्रविधि जडान

तपाईँले घरमा अत्याधुनिक प्रविधि जडान गरेर पनि घरको मूल्य बढाउन सक्नुहुन्छ । त्यसको लागि तपाईँले धेरै दुख गर्नु पर्दैन खालि तपाईँले आफ्नो घरको गेटमा पानी तान्ने पम्प सिष्टममा पानी चढाउने मेसिनमा ढोकामा सुरक्षाका अत्याधुनिक प्रविधि जडान गरेर मात्र पनि आफ्नो घरको भाउमा धेरै लाख रुपैयाँले बृद्धि गराउन सक्नुहुनेछ । तपाईँले अत्याधुनिक प्रविधि जडान गरिसकेपछि ग्राहकले तपाईँको घरलाई हेर्ने दृष्टिकोणमा नै परिवर्तन भएको र तपाईँको घरको मूल्याङ्कन बढेको तपाईँले पाउनुहुनेछ ।

घरको इन्स्योरेन्स

आजभोली धेरै घरधनीहरुले घरको इन्स्योरेन्स अर्थात बीमा गराउने गर्नुभएको छ । उदाहरणको लागि तपाईँले पनि आफ्नो घरको आगोलागीको बीमा भूकम्पको बीमा चोरीका घटनाको बीमा वा अन्य कुनै उपयुक्त प्याकेज लिन सक्नुहुन्छ । यसरी गरिने बीमाको वार्षिक प्रिमियम केही हजार रुपैयाँ पर्ने गर्छ तर यसबाट तपाईँले ग्राहकलाई लगानी अतिरिक्त सुरक्षाको प्रत्याभूति गराउन सक्नुहुन्छ साथै तपाईँले यसरी बीमा गर्दा ग्राहकलाई तपाईँप्रति अतिरिक्त विश्वास पैदा हुनेछ र तपाईँले भनेजति नै पैसा लगानी गर्नको लागि तपाईँको ग्राहक तयार हुनेछन् ।

 

Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)